Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

दक्षिण एसियाली खेलकुदका लागि नेपाली महिला फुटबल टिमकाे घाेषणा

  • बर्दिया टुडे
  • 3.2K
    SHARES
  • आउँदाे दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाउने नेपाली महिला  फुटबल टोलीको घोषणा भएको छ ।

    प्रतियोगिता सुरु हुने तीन साताको समय बाँकी रहेको अवस्थामा प्रशिक्षक हरि खड्काले २० सदस्यीय टिमको नामावली सार्वजनिक गरेका हुन् । दक्षिण एसियाली खेलकुद डिसेम्बर १ देखि १० तारिखसम्म काठमाण्डौ र पोखरामा आयोजना हुनेछ । महिला फुटबल पोखरामा सञ्चालन हुने बताइएको छ ।


    ADVERTISEMENT

    images

    नेपाली टिममा रहेका अधिकांश सदस्य गत वर्ष विराटनगरमा भएको साफ च्याम्पियनसिप खेलेका रहेका छन् ।

    नेपाली टिम यस प्रकार छ

    गोलकिपर : एन्जिला तुम्बापो, अञ्जना राना मगर, उषा नाथ
    डिफेन्डर : गीता राना, पुनम जर्घा मगर, अमृता जैशी, हीराकुमारी भुजेल, कविता धिमाल, मनमाया लिम्बू, पूजा राना
    मिडफिल्डर : रेनुका नगरकोटे, दिपा राई, सरु लिम्बू, इन्दिरा राई, अनिता बस्नेत, मञ्जल कुमारी योञ्जन, विमला चौधरी
    फरवार्ड : सावित्रा भण्डारी, निरु थापा, अनिता केसी 

     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij