गुलरियामा मेयरकप खुल्ला एवम जिल्ला स्तरीय व्याडमिन्टन प्रतियोगिता शुरु
बर्दियाको गुलरियामा मेयरकप खुल्ला एवम जिल्ला स्तरीय व्याडमिन्टन प्रतियोगिता शुक्रवार बाट सुरु भएको छ ।
बर्दियामा व्याडमिन्टन खेलको विकास गर्ने उद्येश्यका साथ गुलरिया नगर खेलकुद विकास समिति र गुलारिया नगर ब्याडमिन्टन संघले संयुक्त रुपमा प्रतियोगिताको आयोजनामा गरेको हो ।
गुलरिया नगरपालिका वडा नं. ४ स्थित कवर्डहलको ब्याटमिन्टन कोर्टमा सुरु भएको प्रतियोगितामा खुल्ला तर्फको प्रतिस्पर्धा लागि बर्दिया सहित दाङ, बाँके, सुर्खेत र कैलालीका गरी १३ टिम सहभागी भएका छन भने र जिल्ला स्तरीय प्रतिस्पर्धाका लागि ३२ टिम सहभागी भएको गुलरिया नगर खेलकुद विकास समितिका अध्यक्ष युवराज श्रेष्ठले बताउनु भयो ।
प्रतियोगितामा खुल्ला तर्फ प्रथम र द्वितिय हुने टिमलाई क्रमशः ५१ हजार र ३१ हजार नगद प्रदान गरिने छ भने जिल्ला स्तरीय प्रतिस्पर्धा तर्फ प्रथम र द्वितिय हुने टिमलाई क्रमश : २५ हजार र १५ हजार रुपैया नगद प्रदान गरिने गुलारिया नगर ब्याडमिन्टन संघ का उपाध्यक्ष कैलाश श्रेष्ठले बताउनु भयो ।
३ दिन सम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन गुलरिया नगरपालिकाकी उप प्रमुख सावित्रा गौतमले गर्नु भएको हो । उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, शसस्त्र प्रहरी वल ३१ नं गण बर्दियाका एसपी चित्राङ्गत दहाल , जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी ऋषिराम धर्ती मगर लगायत संचारकर्मीहरुको उपस्तिथी रहेको थियो ।