१७ औं अनसनमा रहेका डाक्टर गोविन्द केसीलाई अनसनस्थलबाट अस्पताल लगिएको छ । उनी काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डढेलधुरामा अनसनरत छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अनसन बसेको निजी घरबाट जिल्ला अस्पताल सारिएको हो ।
चिकित्सा शिक्षासम्बन्धी विभिन्न माग राख्दै केसी कात्तिक १८ गतेदेखि अनसनमा छन् ।