Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

मङ्सिर ८ गते देखी टी-२० क्रिकेट बर्दिया कप २०८१ सञ्चालन हुने

  • 1.3K
    SHARES
  •  

    जिल्ला क्रिकेट सङ्घ बर्दियाको आयोजनामा यही मङ्सिर ८ गते देखी टी-२० क्रिकेट प्रतियोगिता ( बर्दिया कप २०८१ ) सञ्चालन हुने भएको छ । 


    ADVERTISEMENT

    images

    नगर , क्लब तथा कलेजलाई लक्षित गरी जिल्ला  टी- २० क्रिकेट प्रतियोगिता सञ्चालन गर्न थालेकाे क्रिकेट संघका सचिव संजिव सोमैले विहिबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराउनु भएको छ ।   

    प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार ५ सय, द्वितीयलाई २५ हजार, म्यान आफ दि म्याचलाई १ हजार र ट्रफी, वेस्ट ब्याट्स म्यान, बलर, इमरजेङ्गलाई २ हजार ५ सय र प्लेअर अफ दि सिरिज हुनेलाई ५ हजार पुरस्कारको  व्यवस्था गरिएको सोमैले जानकारी दिएका छन् ।   

    जनजागृति युवा क्लब मधुवन, बर्दिया क्रिकेट एकेडेमी (ए) र बर्दिया क्रिकेट एकेडेमी(बी) गुलरिया, राजापुर नगरपालिका क्लब राजापुर र कृष्णसार यूथ स्पोर्ट क्लब गुलरिया गरी प्रतियोगिताका लागी ५ टिम दर्ता भएका  छन् । 

    मङ्सिर १४ गते सम्म गुलरिया नगरपालिका वडा नं -४ स्थित कवर्ड हलमा  खेल  सञ्चालन हुने छ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij