Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

आलमलाई सहयोग गरेको आरोपमा सशस्त्रका एसपी लामा पनि अनुसन्धानमा तानिए: पक्राउ गर्न इन्टरपोललाई पत्राचार

  • बर्दिया टुडे
  • 3.3K
    SHARES
  • करिब दुई दर्जन व्यक्तिलाई इँटाभट्टामा पोलेर हत्या गरेको आरोप लागेका पूर्वमन्त्री तथा बहालवाला सांसद मोहमद अफताब आलमलाई सहयोग गरेको आरोप लागेका सशस्त्र प्रहरी बलका एसपी रामृकष्ण लामा पनि अनुसन्धानमा तानिने भएका छन्। लामा हाल उपचारका लागि हङकङमा छन्। देशबाहिर भएकोले पनि उनलाई पक्राउ गर्न इन्टरपोलमा पत्राचार गर्न लागिएको हो।

    लामालाई झिकाउन भन्दै रौतहट प्रहरीले प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखालाई पत्रकार गरेको छ।  २०६४ चैत २७ गते रौतहटमा बम बिस्फोट भएर घाइते भएका व्यक्तिलाई आलमको समूहले जलाएर हत्या गरेको आरोप लागेको छ।


    ADVERTISEMENT

    images

    रौतहटमा कार्यरत रहँदा लामाले उक्त घटनामा सहयोगी भूमिका निभाएको प्रतक्ष्यदर्शी तथा घाइतेहरुले बयान दिएका थिए। आलमसवरुद्ध हाल रौतहट जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij