Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

ठगी आरोपमा पूर्व सहायक मन्त्री तथा व्यवसायी डा. रूप ज्योति पक्राउ

  • बर्दिया टुडे
  • 2.8K
    SHARES
  • पूर्व अर्थ सहायकमन्त्री तथा व्यवसायी डा. रुप ज्योति पक्राउ परेका छन् । व्यवसायी ज्योतिलाई प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरीले डा. ज्योतिलाई ठगीको आरोपमा पक्राउ गरेको हो । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल क्षेत्रबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दियो ।


    ADVERTISEMENT

    images

    डा. ज्योतिमाथि अपार्टमेन्ट बनाइदिने भनेर रकम लिएको तर नबाइदिएको भन्दै उनीमाथि ठगीको आरोपमा जिल्ला अदालत काठमाडौंमा उजरी परेको थियो । जिल्ला अदालत काठमाडौंले उनीमाथि पक्राउ पुर्जी जारी गरेको थियो । जिल्ला अदालत काठमाडौंको यस्तो आदेश विरुद्ध ज्योति सर्वाेच्च गएका थिए ।

    सर्वाेच्चले पनि जिल्ला अदालतकै आदेश कार्यान्वयन गर्न आदेश गरेपछि उनी पक्राउ परेका हुन् । डा. ज्योति तत्कालिन राजा ज्ञानेन्द्रले शासन हातमा लिएको समयमा अर्थ सहायकमन्त्री भएका थिए ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij