Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

सुरक्षा निकायलाई चलचर , वन्यजन्तु संरक्षण ऐन र दिगो ढुङ्गा, गिट्टी तथा वालुवा उत्खनन् सम्बन्धी अभिमुखिकरण

  • बर्दिया टुडे
  • 1.4K
    SHARES
  •  

    बर्दिया र कैलालीका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुकालागि टिकापुरमा चलचर एवम वन्यजन्तु संरक्षण ऐन र दिगो ढुङ्गा, गिट्टी तथा वालुवा उत्खनन् सम्बन्धमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ ।


    ADVERTISEMENT

    images

    'कर्णाली नदीमा ओत संरक्षणकालागि नदीमा आश्रित समुदायको जिविकोपार्जन तथा अभिभावकत्व सवलिकरण परियोजना’ अन्तरगत डल्फिन संरक्षण केन्द्र भजनी कैलालीले अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको हो ।

    सुरक्षा निकायलाई जलचर संरक्षण तथा नदिमा हुने अवैध तथा अनियमित गतिविधी नियन्त्रण गर्न क्षमता अभिवृद्धी गर्ने उद्येश्यले कार्यक्रमको आयोजना गरिएको डल्फिन सरक्षण केन्द्रका सचिव विजयराज श्रेष्ठले बताए ।

    कार्यक्रममा बर्दियाको इलाका प्रहरी कार्यालय पाताभार तथा राजापुर र सशस्त्र प्रहरी वल प्रस्तावित सिमा सुक्षा गुल्म राजापुर एवम कैलालीको इलाका प्रहरी कार्यालय टिकापुर, लम्की, भजनी तथा प्रहरी चौकी अमरावती र सशस्त्र प्रहरी वल टिकापुरका प्रमुख लगायतका ३० जनाको सहभागिता रहेको छ ।

    अभिमुखिकरण कार्यक्रममा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन ( पाँचौ संशोधन), २०७३ र नदी सम्बन्धी अन्य कानूनहरू,ओत सरक्षणमा सरोकार वालाहरुको भूमिका, यसको शिकार प्रजाति र बासस्थान संरक्षण,जलीय जैविक विविधता संरक्षण र सिमसार/नदी संरक्षण सम्बन्धी कार्यहरूका विषयमा बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले सहजिकरण गर्नुहुने आयोजकले बताएको छ।

    त्यस्तै पशुसेवा तालिम केन्द्र धनगढीका मत्स्य विकास अधिकृत डा. सुर्य वहादुर शाहीले जलचर संरक्षण ऐन २०१७ र एक्वाटिक्स (अनुबंध) नियम, २०१९ लगायत नदीमा हुने अवैध गतिविधिहरूका बारेमा सहजिकरण गर्नुहुने छ। ।

    एकदिने कार्यक्रममा वातावरणविद दिनेश चन्द्र जोशीले नदीमा गिट्टी, ढुङ्गा उत्खनन् र त्यसले निम्त्याउने समस्या तथा सकरात्मक र नकरात्मक असरहरु, नकारात्मक प्रभावबाट बच्ने उपायहरू, प्रारम्भिक वातावारणिय अध्ययन बीचको अन्तर, अवैध बालुवा र गिट्टी उत्खनन बन्द गर्न नियामक निकायको भूमिकाका विषयमा सहजिकरण गर्नुहुने छ।

    बिश्व बन्यजन्तु कोष नेपालद्धारा नेपाल सरकारसँगको समन्वय र बेलायत सरकार अन्तर्गत दार्विन इनिसिएटिभको सहयोगमा, सोनाह बिकास समाज बर्दिया, डल्फिन संरक्षण केन्द्र कैलाली, मुक्त कमैया महिला बिकास मञ्च कैलाली र साना स्तनधारी संरक्षण तथा खोज अनुसन्धान केन्द काठमान्डौ, द्वारा परियोजना संचालित छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij