Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

चर्चित बाँझोपन विज्ञ डाक्टर नूतन शर्मा नेपालगन्जको हेल्थ केयर क्लिनीकमा आउँदै

  • बर्दिया टुडे
  • 1.4K
    SHARES
  •  

    देशकै चर्चित बाँझोपन विज्ञ, टेस्टट्यूब बेबी विशेषज्ञ तथा वरिष्ठ गाइनो ल्याप्रोस्कोपिक सर्जन डाक्टर नूतन शर्मा नेपालगन्ज आउने भएकी छन् ।


    ADVERTISEMENT

    images

    नेपालगन्ज र आसपास क्षेत्रका निसन्तान जोडिका समस्या समाधान गर्न यही जेठ २६ गते डाक्टर शर्मा नेपालगन्जको हेल्थ केयर क्लिनीकमा आउन लागेकी हुन् ।

    नेपालगन्ज नर्सिङ होमको पूर्वपट्टि रहेको हेल्थ केयर क्लिनीकमा निसन्तान सम्बन्धि समस्या, आइभिएफ तथा टेस्ट्युब बेवी, पाठेघर तथा स्तन क्यान्सर, थाइरोइड तथा महिलाहरुमा देखिने सम्पूर्ण समस्याको निदान र उपचार गर्ने छिन् ।

    निसन्तान जोडिका समस्या समाधानसंगै स्त्रीरोग, पाठेघर तथा स्तन क्यान्सर, थाइरोइड तथा महिलाहरुमा देखिने समस्या निदान र उपचारका लागि अग्रिम नाम लेखाई सेवा लिई लाभ लिन हेल्थ केयर क्लिनीकले आग्रह गरेको छ ।

    उनले विश्वस्तरीय सेवा तथा प्रविधिलाई समेत भित्र्याएर बि एण्ड बी अस्पतालमा पूर्णकालीन चिकित्सकको रुपमा सेवा सुरु गरेकी छन् ।

    विशेषज्ञ डाक्टर नुतनको संक्षिप्त परिचय

    नेपालमा प्रसूति तथा स्त्री रोग एवं बाँझोपन सम्बन्धी समस्याको उपचारमा चलेको नाम मध्यको एक हो, डाक्टर नुतन शर्मा । भारतको मुम्बईमा जन्मिएकी डाक्टर शर्माले भारतको कानपुर यूनिभर्सिटीबाट एमबीबीएस अध्ययन पुरा गरेकी हुन् ।

    मुम्बईको महाराष्ट्र यूनिभर्सिटीबाट डिप्लोमा इन गाइनोक्लोजी एण्ड अब्सटेट्रिक्स पूरा गरेकी डाक्टर शर्माले बंगलादेशको ढाका युनिभर्सिटीबाट एमएस पुरा गरेकी छन् । उनले बंगलादेशको ढाकाबाट एमसीपीएस र डिप्लोमा इन अल्ट्रासाउण्ड पनि गरेकी छिन् ।

    डाक्टर शर्माले सिंगापुरबाट एडभान्स आइभीएफ ट्रेनिङ र भारतबाट फेलोसिप इन आइभीएप समेत गरेकी छिन् । उनले भारतको नयाँ दिल्लीबाट एडभान्स लेप्रोस्कोपिक सर्जरीमा डिप्लोमा र फेलोसिप लिएकी छन् ।

    १९ वर्षदेखि प्रसूति तथा स्त्री रोग विशेषज्ञको रुपमा काठमाडौंका विभिन्न अस्पतालमा कार्यरत डाक्टर शर्मा पछिल्लो समय काठमाडौंको थापाथली स्थित नर्भिक इन्टरनेशनल अस्पतालमा कार्यरत थिइन् ।

    डाक्टर शर्माले अल्का हस्पिटलमा कार्यरत छँदा आफ्नै नेतृत्वमा अल्का आइभिएफ एण्ड फर्टिलिटी सेन्टर सञ्चालन गरि बाँझोपन सम्बन्धी समस्या भएका बिरामीलाई सेवा दिएकी थिइन् ।

     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij