Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

शुक्रवारदेखी गुलरियामा दोस्रो मेयरकप बुद्धिचाल प्रतियोगिता शुरु

  • 1.2K
    SHARES
  •  

    खेल र स्वास्थ्यमा हाम्रो सवाल , बुद्धि विकासका लागि बुद्धिचाल भन्ने मूल नाराका साथ वर्दियाको गुलरियामा शुक्रवारदेखी दोस्रो मेयरकप बुद्धिचाल प्रतियोगिता शुरु भएको छ।


    ADVERTISEMENT

    images

    गुलरिया नगरपालिकाको आर्थिक सहयोग र वर्दिया जिल्ला बुद्धिचाल संघको आयोजनमा प्रतियोगिता हुन लागेको  हो ।

    शनिवार सम्पन्न प्रतियगितामा गुलरिया नगरभित्रका करीब ३० जना प्रतियोगिले भाग लिने आयोजकले जनाएको छ ।

    बुद्धिचाल संघ लुम्बिनी प्रदेश सदस्य इश्वर श्रेष्ठले बुद्धिचाल खेलको महत्वको वारेमा प्रकाश पार्दै चेस खेलले बौधिक विकाश का साथै मानसिक विकाशमा ठूलो भुमिका खेल्ने बताउनु भयो । वहाले यो खेल हरेक वर्ग , हरेक उमेरका व्यक्तिले खेल्न सकिने बताउनु भयो ।

    85a74d22-8862-4a55-abc7-594d28da7496.jpeg

    प्रतियोगिताको उदघाटन गर्दै गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतमले वर्तमान अवस्थामा आजका युवाहरु मोवाइलमा बढी व्यस्थ भएको अवस्थामा यस्ता बौधिक खेलके अयेजनाले समाजमा सकारात्मक सोच को विकाश हुनेमा आफू पूर्ण रूपमा विश्वस्थ रहेको बताउनु भयो ।

    उद्घाटन कार्यक्रममा वोल्दै गुलरिया नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष मुम बहादुर मल्लले यस किसिमका बौद्धिक विकासका प्रतियोगीता समय समयमा हुनुपर्ने कुरामा जोड दिदै जिल्लाले बुद्धिचाल प्रतियोगितामा प्रदेश स्तरीय का साथै राष्ट्रय स्तरमा पदक प्राप्त गरेको प्रती आफू खुसी भएको बताउनु भयो ।

    e064247e-83e9-4d54-8122-99f2d4d17d17.jpeg

    जिल्लामा बुद्धिचाल खेलाडीहरुको क्षमता विकाश तथा हौसला प्रदानका निमित्त स्थानिय पालिकाले निती तथा कार्यक्रममै बजेट छुटाएर जानु पर्ने बुहिचाल संघ वर्दियाका उपाध्यक्ष पुष्पलाल शर्माले बताउनु भयो ।

    खेल प्रारम्भमा प्रतियोगि को हौसला बढाउँदै आगामी दिनमा बुद्धिचाल प्रतियोगिता ले निस्तरता पाउनेमा आफू विश्वस्त रहेको  बुद्धिचाल संघ वर्दियाका सचिव सागर चापागाईले बताउनु भयो ।

    कार्यक्रममा नगरपालिकाका वडा अध्यक्षहरु , राजनितीक दलका प्रतिनीधि , संचारकर्मीहरु लगायत सरोकारवालाहरुको उपस्तिथी रहेको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij