Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

आगलागीबाट कर्णाली पुलको ‘सपोट’ डोरीमा क्षति, आवागमन बन्द

  • बर्दिया टुडे
  • 1.5K
    SHARES
  •  

    सोमबार भएको आगलागीबाट आंशिकरूपमा क्षति भएपछि कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ । प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेपछि मात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ । आगलागीबाट पुलको १४  ‘सपोट’ डोरीमा आंशिक क्षति पुगेको छ ।


    ADVERTISEMENT

    images

    पुलमा तत्कालका आगि यातायात आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय नेपालगञ्जका इन्जिनियर नीरज शाक्यले जानकारी दिए । उनले भने, 'हामी घटनास्थलमा राति नै पुगिसकेका छौँ । आज बिहान अर्को प्राविधिकको विशेषज्ञ टोली आउँदैछ । पुलको परीक्षण नहुँदासम्म पुलमाथि सवारी आवागमन बन्द गरेका छौँ ।'

    कर्णाली पुलबाट सवारी आवागमन बन्द गरिएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट सङ्घीय राजधानी काठमाडौं तथा अन्य प्रदेश जाने सवारीसाधनलाई लम्की, टीकापुर हुँदै सत्ती पुलबाट बर्दिया तथा नेपालगञ्जको मार्ग प्रयोग गर्न अग्रह गरिएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक हरिराम डाँगीले बताए । 

    काठमाडौं तथा अन्य जिल्लाबाट सुदूरपश्चिम प्रदेश भित्रिने सवारीसाधनलाई नेपालगञ्ज र बर्दिया हुँदै टीकापुरको मार्ग प्रयोग गर्न उनले आग्रह गरे ।

    सोमबार अपराह्न कर्णाली पुलमा गुड्दै ना५ख ५२९७ नम्बरको ट्रकमा आगलागी भएको थियो । 

    लम्कीचुहा, टीकापुर, घोडाघोडी र बर्दियाबाट आएको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा चार घण्टापछि मात्रै आगो नियन्त्रणमा लिइएको थियो । 

    आइतबार अपराह्न वीरगञ्जबाट एक हजार एक सय कार्टुन लाइटर लिएर हिँडेको ट्रक सोमबार अपराह्न कर्णाली पुलमा पुगेको थियो । 

    ट्रक चालक र सहचालक दुवै जना सकुशल प्रहरीको नियन्त्रणमा छन् । 

    आगलागीबाट एक करोड १५ लाख ६८ हजार बराबरको लाइटर जलेको छ । ट्रकसमेत पूर्णरूपमा जलेको छ । 

    एसियाकै नमूना पुलका रूपमा रहेको कर्णाली पुल पर्यटनको गन्तव्यस्थलका रूपमा समेत रहेको थियो । एक खम्बाको सहायताले मात्र रहेको पुल हेर्ने देश तथा छिमेकी मुलुक भारतबाट पर्यटक आउने गरेका थिए । ( लोकान्तर बाट)

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij