Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

कर्णाली पुलमाथि लाइटर बोकेको ट्रकमा आगलागी

  • बर्दिया टुडे
  • 1.3K
    SHARES
  •  

    कर्णाली पुलमाथि लाइटर बोकेको ट्रकमा आगलागी भएको छ।


    ADVERTISEMENT

    images

    वीरगंजबाट धनगढीतर्फ जाँदै गरेको ना ५ ख ५२९७ नम्बरको लाइटर बोकेको चल्ती ट्रकमा आफैं आगो लागेको बर्दिया जिल्ला प्रहरी प्रमुख एसपी प्रबिण धितालले बताए।

    आगो नियन्त्रणका लागि लम्की नगरपालिकाको दमकल केहीबेर अगाडि घटनास्थल पुगेर आगो निभाउन सुरू गरेको छ भने अर्को दमकल पनि जानेक्रम जारी रहेको एसपी धितालले बताए।

    FB_IMG_1710156580557.jpg

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुशलसिंह ठकुरीका अनुसार अपराह्न साढे ४ बजेतिर ट्रकमा एकाएक पछाडिबाट आगो सल्किएको थियो। 

    पछाडि भागबाट आगो सल्किएको हुँदा आपसमा घर्षन उत्पन्न भई ट्रकमा आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ। ट्रकमा लागेको आगो निभाउने प्रयास जारी रहेको पनि प्रहरी निरीक्षक ठकुरीले बताए। (सेतोपाटीबाट)

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij