Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

प्रतिनिधिसभा र प्रदेशका लागि आज मनोनयन दर्ता

  • बर्दिया टुडे
  • 2.7K
    SHARES
  • आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनका क्रममा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि हुने निर्वाचनको मनोनयन दर्ता आज हुँदैछ । निर्वाचन आयोगले जनाए अनुसार मनोनयन पत्र दर्ता आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म हुनेछ । 

    स्थानीय तहको भने कात्तिक २७ गते बिहान १० देखि १ बजेसम्म मनोनयन दर्ता हुनेछ । मतदान मंसिर १४ गते बिहान ७ देखि ५ बजेसम्म हुने कार्यक्रम रहेको छ । यो उपनिर्वाचनलाई दलहरुको अवस्था के छ भन्ने विषयलाई लिएर शक्ति परीक्षणको रुपमासमेत लिइएको छ । 


    ADVERTISEMENT

    images

    निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहसमेत गरी ३७ जिल्लामा मंसिर १४ गते हुने उप निर्वाचनको तयारी पूरा भएको जनाएको    छ । 

    आयोगका अनुसार प्रतिनिधिसभा सदस्य १, प्रदेश सभा सदस्य ३, स्थानीय तह अन्तर्गत प्रमुख १, अध्यक्ष ३, उपाध्यक्ष १ र वडाध्यक्ष ४३ गरी ५२ पदका लागि उपनिर्वाचन हुनेछ । निर्वाचनमा ३७ जिल्लाका कुल ४ लाख ५४ हजार ११४ जना मतदाता कायम गरिएको र उपनिर्वाचनको लागि २४७ मतदान स्थल र ५३७ मतदान केन्द्र तोकिएको जनाइएको छ ।

    उपनिर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम मंसिर ५ देखि ११ सम्म हुनेछ ।

    कास्की २ बाट निर्वाचित  तत्कालीन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि सो स्थानमा नेकपाले उनकी पत्नी विद्या भट्टराईलाई उम्मेदवार तोकेको छ । उक्त स्थानमा विपक्ष नेपाली कांग्रेसले खेमराज पौडेललाई उम्मेदबार बनाएको छ । त्यस्तै, साझा पार्टीले रजनी केसी र विवेकशीलले जमुना शर्मालाई उम्मेदवार बनाएको छ । भक्तपुर १ (क)मा नेकपाबाट देवी प्रसाद ढकाल, कांग्रेसबाट कृष्ण भँडेल, साझाबाट सुरज प्रधानको उम्मेदवारी तय भएको छ । त्यसैगरी, काग्लुङ्ग २(ख)मा खिमविक्रम शाही (राजमो), जित शेरचन (कांग्रेस), सन्तोष भण्डारी (विवेकशील)को उम्मेदवारी तय भएको छ । त्यस्तै, दाङ्ग ३ (ख)मा विमला वली (नेकपा), केशव आचार्य (कांग्रेस) र शिव चौधरी (साझा)ले उम्मेदवारी दिने तय भएको छ । 

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij