Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

नेपाली महिला फुटबल टोलीले आज सिरियासँग खेल्दै

  • बर्दिया टुडे
  • 1.1K
    SHARES
  •  

    काठमाडौं । नेपाली महिला फुटबल टोली पहिलोपटक पश्चिम एसियाको प्रतिष्ठित वाफ च्याम्पियनसिप खेल्दैछ। खेल आज साँझ ५ बजे सिरियासँग खेल्न लागेको छ।


    ADVERTISEMENT

    images

    मध्यपूर्व एसियाली फुटबलको हब बनिरहेको अवस्थामा नेपालले पनि त्यहाँ प्रतियोगिता खेल्ने अवसर पाएको हो। खेल साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा साँझ ५ बजे हुनेछ।

    वाफले आमन्त्रित टोलीका रुपमा नेपाललाई सहभागी गराएको हो। समूहमा सहभागी टोली औसतका भए पनि नेपाली महिला फुटबलका लागि भने राम्रो अवसर हो।

    नेपालले १० गते इराक र १२ गते प्यालेस्टाइनसँग खेल्नेछ। यी टोली नेपालभन्दा कमजोर मानिएका छन्। नेपाली महिला टोली गत शुक्रबार साउदी अरेबिया गएको छ।

    गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्य टोली यसअघि नै मुख्य प्रशिक्षक राजेन्द्र तामाङले घोषणा गरेका थिए।

    टोलीमा डिफेन्डर सबिना चौधरी, मिडफिल्डर सरस्वती हमाल र फरवार्ड चन्द्रा भण्डारीले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। नेपाल समूह ‘बी’ मा छ।

    नेपाली टोलीको सहायक प्रशिक्षकमा कमला राखल र श्याम मानन्धर, व्यवस्थापकमा ब्रिन्दा दिवान र गोलकिपर प्रशिक्षकमा उज्ज्वल मानन्धर छन्।

    नेपाली टोलीमा गोलकिपरमा एञ्जिला तुम्बाप्पो सुब्बा (कप्तान), अञ्जना रानामगर, उषा नाथ, डिफेन्डरमा अमृता जैशी, गीता राना, हीराकुमारी भुजेल, पूजा राना, विमला विक, निशा थोकर, समीक्षा घिमिरे, सविना चौधरी छन्।​

    मिडफिल्डरमा भने अमिषा कार्की, अनीता केसी, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा शाही, सरस्वती हमाल, चन्द्रा भण्डारी तथा फरवार्डमा सविता रानामगर, सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ र रेखा पौडेल छन्।

    नेपालको समूहमा प्यालेस्टाइन, इराक र सिरिया छन्। समूह ‘ए’मा आयोजक साउदी अरेबियासहित गुआम, लेबनान र जोर्डन छन्।  समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij