Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

पश्चिमी वायुको प्रभाव नेपालमा, हिमपातको सम्भावना

  • बर्दिया टुडे
  • 2.6K
    SHARES
  • नेपालमा पश्चिमी वायुको साथै 'मह' नामको चक्रवातको आंशिक प्रभाव परेको छ । देशका विभिन्न भूभागमा सामान्यदेखि आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    मौसमा आएको बदली कारण पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि एक/दुई स्थानमा हल्का बर्षाका साथै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको संभावना रहेको मौसमविद्ले जनाएका छन्।


    ADVERTISEMENT

    images

    आज दिउँसो देशको पश्चिम र मध्य भूभाग लगायत पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलि रही बाँकी भूभागमा आंशिक बदलि रहने महाशाखाले जनाएको छ ।

    यस्तै देशका पश्चिमी भूभाग साथै पूर्वी र मध्य पहाडि भूभागका एक दुर्इ स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमालि भूभागमा हिमपातको सम्भावना रहेको छ । शनिबारदेखि भने मौसम सफा रहनेछ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij