Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

पाल्पा दुर्घटना अपडेट : ज्यान गुमाउनेको सङ्ख्या १० पुग्यो, १७ घाइते

  • बर्दिया टुडे
  • 1.1K
    SHARES
  •  

    पाल्पा । पाल्पामा ‘ओभरलोड’ यात्रु बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० पुगेको छ । जिपमा सवार दुई महिने बालिकासहित १७ जना घाइते छन् । तिनाउ गाउँपालिका–६ मस्यामको सिखरडाँडा जाँदै गरेको जिप मंगलबार चिदिस लुम्पेकडाँडामा दुर्घटनामा परेको हो । घटनास्थलमा ८ र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।


    ADVERTISEMENT

    images

    घटनास्थलमा मृत्यु हुनेमा तिनाउ –६ मस्यामकी ६० वर्षीय यन कुमारी पन्त, सोही ठाउँकै ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीय उर्मिला अस्लामी, बुटवल उपमहानगरपालिका–१४ का चन्द्र रणपाल र उनकी श्रीमती ६० वर्षीय चुना रणपाल, रिव्दीकोट १ ख्याहाकी ६५ वर्षीय दिल कुमारी सुनार र देवदह नगरपालिका – ५ की २९ वर्षीय दिलमाया जिसी रहेको  जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक  सुगन्ध श्रेष्ठले रातोपाटीलाई बताए ।

    लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा तिनाउ–२ खुर्सानेका २० वर्षीय गीता सुनार र रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी ६६ वर्षीय विष्णुकला कामीको मृत्यु भएको  प्रहरीले जनाएको  छ।

    घाइते हुनेहरुमा  पाल्पा तिनाउ ६ की २० वर्षीय कृष्णा पन्त,  सोही ठाउँकै १९ वर्षीय उमा रास्कोटी, २१ वर्षीय अमृता गहतराज,  १९ वर्षीय शान्ति राना,  ९ वर्षीय शौरव पुन, ४५ वर्षीय तुल बहादुर नेपाली,  २८ वर्षीय कमला सुनार, रुपन्देही खैरेनी – ५ का  ९ वर्षीय विवेक जिसी,  सोही ठाउँकै ६ वर्षीय अस्मित जिसी, तानसेन ७ की ४२ वर्षीय सविता परियार, रिव्दिकोट १ की ३० वर्षीय रमा सुनार, सोही ठाउँकै ६ वर्षीय विद्या सुनार, ६ वर्षीय साया सुनार, ५ वर्षीय आलब सुनार,  तानसेन १० का ४५ वर्षीय जिप चालक दान बहादुर चिदी, रुपन्देही हरैयाकी ३० वर्षीय भुमी पुन र १ जना ३६ दिनकी बालिका गरी १७ जनाको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको  छ ।

    मंगलबार बेलुका  ५ बजेको समयमा जिप चिदिस शिखरडाँडा जाँदै गर्दा उकालोमा ब्याक भई दुर्घटना भएको थियो।  जिप सडकबाट ३ मिटर तल अर्को सडकमा खसेको थियो। जिप ओभरलोडको कारण दुर्घटना भएको  प्रहरीले जनाएको  छ। चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको  छ।(समाचारपाेष्ट)

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij