गेरुवा गाउँपालिकाले आगामी फागुन दोस्रो सातादेखि दादुरा–रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन १३ देखि १८ गतेसम्म ७ हजार वढी बालबालिकालाई खोप लगाउने लक्ष्य छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको अभियान अन्तरगत गेरुवा गाउँपालिकामा पनि नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप दिन लागिएको हो । गेरुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण भण्डारीका अनुसार गेरुवा गाउँपालिकाका २६ वटा सामुदायिक र ७ वटा संस्थागत विद्यालय गरी जम्मा ३३ वटा विद्यालयका ३५ वटा खोपकेन्द्र वाट दादुरा–रुवेला विरुद्धको खोप लगाईने छ ।

‘एक व्यक्तिले १८ जनासम्म यो रोग सार्न सक्ने क्षमता राख्न सक्ने भएकाले खोप अभियानमा कुनैपनि वालवालिका नछुटुन भन्ने धेयकासाथ ३५ वटा खोपकेन्द्रमा ६ जना कार्यालय सहयोगी र ३३ जना स्वास्थ्यकर्मी गरी ३९ जना जनशक्ति परिचालन गरेका छौ ।’ स्वास्थ्य शाखा प्रमुख भण्डारीले भन्नुभयो ।
खोप अभियानमा ५ वर्ष मुनीका वालवालिकाको खोपकार्ड अनिवार्यरुपमा लिएर आउन आग्रह गर्दै उहाँले फागुन १३ देखि १८ गतेसम्म खोप अभियानका क्रममा नियमित छुटेका खोप पनि बालबालिकालाई लगाइने वताउनु भयो । सरकारले सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न लागिएको पनि उहाँले जानकारी दिनुभयो ।