मोनिका बनिन् कर्णाली प्रदेसको एक दिने सामाजिक विकास मन्त्री
बर्दिया टुडे
कार्तिक २, २०८० बिहिवार
११:०२:१७ मा प्रकाशित
850
SHARES
850
SHARES
हरि गुरुङ्ग, बर्दिया : कर्णाली प्रदेशको विरेन्द्रनगर सुर्खेतमा १७ बर्षिया किशोरी एकदिने सामाजिक विकास मन्त्री बन्नु भएको छ । किशोरी सशक्तीकरणका लागी कालिकोट नरहरिनाथ वडा नम्बर ३ की मोनिका बुढालाई कर्णाली प्रदेसको एक दिने सामाजिक विकास मन्त्री बनाईएको हो ।
कर्णाली प्रदेश सरकारका माननीय सामाजिक विकास मन्त्री खडक बहादुर पोखरेलले १ दिनका लागि कालिकोट जिल्लाकी मोनिका बुढालाई आफ्नो पदभार हस्तान्तरण गर्नु भयो । पदभार ग्रहणगर्दै बुढाले मन्त्रालयका बारेमा जानकारी लिनु भएको थियो । उहांले सामाजिक विकास महाशाखा प्रमुख अनिता ज्ञवाली र शिक्षा शाखा अधिकृत बलवीर सुनारबाट महाशाखाका कामबारे जानकारी लिनुभएको थियो ।
सामाजिक विकास मन्त्री बनेकी बुढाले मन्त्रालयमा भईरहेका काम कार्यहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्न महाशाखालाई निर्देश दिनुभयो । बुढाले कालिकोट जिल्लामा चालु आर्थिक बर्षको अहिले सम्मपनि कक्षा ११ को पढाई शुरु नभएको गुनासो आएको र प्रतिस्पर्धात्मक रुपमा सिक्ने अवसर सुनिश्चित गर्न के कसरी काम गर्न सकिन्छ भनी महाशाखा प्रमुखहरूविच छलफल गर्नुभयो छ ।
शिक्षा शाखा अधिकृत बलवीर सुनारले कर्णालीमा शैक्षिक सूचकहरु अन्य प्रदेसहरुको तुलनामा कम रहेको र उल्लेखित समस्याहरुलाई कम गर्न माननीय मन्त्री ज्यूको अगुवाईमा कार्यान्वयन गर्न सकिने प्रतिबद्धता गर्नुभयो ।
ADVERTISEMENT
साथै बुढाले “विभिन्न सर्वेक्षणले कर्णालीमा बालविवाह न्युनिकरण, उच्च व्यक्तित्व, सिप तथा जिवन जिउने कला सिक्न बाधा गरिरहेको हुनाले बालिकाहरुलाई गुणस्तरीय शिक्षाको अवसर प्राप्त हुने वातावरण सिर्जना गर्न महाशाखालाई निर्देश गर्नुभएको छ ।
कर्णालीमा महिनावारीको समयमा छाउपडीमा बस्नुपर्ने र विभेद गरिने एकदमै पिडादायी अवस्थाबाट मुक्ति पाउन के गर्न सकिन्छ र यसमा मन्त्रालयले के काम गर्न सक्छ भन्ने बारेमा छलफल गरिएको छ ।
किशोरीहरुको नेतृत्व क्षमता विकास र उनीहरुको जीवनको वृहत लक्ष्य निर्धारण गर्न उत्प्रेरित गर्ने उद्धेश्यले अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा प्लान ईन्टरनेशनल नेपाल र कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा कार्यक्रम संचालन गरिएको थियो । प्लान इन्टरनेशनल नेपालको पश्चिम क्षेत्रीय कार्यालयका प्रबन्धक मीना कुमारी पराजुली भन्नुहुन्छ, “गल्र्स टेक ओभर किशोरीहरूलाई सशक्त महसुस गराउन, उनीहरूका रोल मोडेलसँग साक्षात्कार गराउन र आफ्नो भविष्यका लागि प्रेरित गर्नका लागि कार्यक्रम एक उत्कृष्ट अवसर भएको बताउनु भयो ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव डा. भोजराज शर्मा काफ्लेले बालिकाहरुको क्षमता र नेतृत्व विकासको लागि यो अवसर मिलाउन प्रयत्न गरेकोमा प्लान ईन्टरनेशनल नेपाललाई धन्यबाद दिदै अहिले मोनिकाको व्यक्तित्व प्रभावशाली रहेको र स्वयंले यसलाई निरन्तरता दिई उदारहणिय बनि रहन समेत आग्रह गर्नूभएको थियो ।
कार्यक्रमको समापनगर्दै सामाजिक विकास मन्त्रालय माननीय मन्त्री खडग बहादुर पोखरेलले मोनिका जस्तै लाखौं प्रतिभालाई जन्म दिनुहोस् भन्ने शुभेक्षा व्यक्त गर्नुुभयो । साथै जिवनमा आफ्नो निर्धारित लक्ष्यमा पुग्न मुलबाटो नछोडी निरन्तर लागिरहन अनुरोधगर्दै मोनिकालाई भविष्यमा कर्णालि प्रदेशको सामाजिक विकास मन्त्रीको रुपमा देख्न पाईयोस् भन्ने आशा व्यक्तगर्दै कार्यक्रमको समापन गर्नुभयो गर्नुभएको थियो । ११ अक्टोबर ‘अन्तर्राष्ट्रिय बालिका दिवस’ मनाउने गरिएको छ ।
प्लान इन्टरनेशनलको विकज आईएम ए गर्ल अभियानको पैरवीका कारण सन् २०११ मा संयुक्त राष्ट्र संघले हरेक वर्ष अक्टोबर ११ लाई बालिका दिवस घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बालिका दिवस सन् २०१२ देखि संसारभर मनाउन थालिएको हो ।
बालिका दिवस सुरु भएको एक दशक पुरा भएको छ । समाजमा जकडिएको लैंगिक विभेदका कारण बालकको तुलनामा बालिका तथा किशोरीहरू बढी विभेद, हिंसा, दुव्र्यवहारको जोखिममा हुने भएकोले यो दिवसको परिकल्पना गरिएको हो । यस वर्षको बालिका दिवसको नारा बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी रहेको थियो ।