Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बारबर्दियामा पालिका स्तरिय  टी–२० क्रिकेट प्रतियोगिता हुने

टीम दर्ताको समय सिमा असोज २५ गते सम्म
  • बर्दिया टुडे
  • 2.3K
    SHARES
  •  

    बारबर्दिया : बर्दियाको बारबर्दिया नगरपालिका अन्तर्गतकाे नगर खेलकुद विकास समितिले क्रिकेट प्रतियोगिता गर्न लागेको छ ।

    विजया दशमी तथा दिपावलीको अवसरमा जिल्ला क्रिकेट संघ बर्दियाको समन्वय तथा नगरपालिकाको खेलकुद विकास समितिको आयोजनामा पालिका स्तरिय क्रिकेट प्रतियोगिता हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।

    बारबर्दिया नगर रंगशालाको खेल मैदानमा प्रथम पालिका स्तरिय टी–२० क्रिकेट प्रतियोगिता असोज २७ गते देखि सुरु हुने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

    टिम दर्ताका लागि पालिकाको सिफारिस तथा सोही पालिकाको खेलाडी हुनुपर्ने प्रावधान राखिएको छ । टिम दर्ताका लागि नगर खेलकुद विकास समितिले १२ हजार ५ रुपैया टिम दर्ताको लागि लाग्ने समितिले जनाएको छ ।

    क्यानको नियम अनुसार खेलाइने र खेल लिग सिस्टमबाट टाइसिटको आधार खेलाइने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । टिम दर्ताका लागि बर्दियामा रहेका ८ वटै पालिकाबाट क्रिकेट खेलाडीहरु समावेश हुने र असोज २५ गते सम्म टीम दर्ताको समय सिमा तोकिएको नगर खेलकुद विकास समितिका सदस्य चन्द्र बहादुर खत्रीले जानकारी दिनुभयो । 

    क्रिकेट प्रतियोगितमा प्रथम हुनेलाई १ लाख ११ हजार १ सय ११ रुपैया नगद मेडल र ट्रफि प्रदान गरिने छ । द्धितिय पुरुस्कार ५१ हजार १ सय ११ रुपैया नगदका साथै मेडल र ट्रफि प्रदान गरिने बताईएको छ । 

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij