Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

दैनिक स्याउ खाँदा शरीरलाई हुन्छ यस्ता फाइदा

  • बर्दिया टुडे
  • 1.5K
    SHARES
  •  

    काठमाडौं– तपाईं नियमित स्याउ खानुहुन्छ ? खानुहुन्न भने आजैदेखि खान सुरु गर्नुस्। किनकि दैनिक एउटा या दुईटा स्याउ खानेलाई मुटुको रोग लाग्ने सम्भावना कम हुने एक अनुसन्धानबाट पुष्टि भएको छ।

    अंग्रेजीमा उखानै छ– An apple a day keeps the doctor away अर्थात् दिनमा एउटा स्याउ खानुभयो भने तपाईं बिरामी भएर डाक्टरकोमा जानुपर्दैन।

    दैनिक स्याउ खानेको शरीरमा कोलेस्ट्रोलको मात्रा कम हुन्छ। त्यतिमात्र होइन, स्याउ खाँदा रगतमा सुगरको मात्रा सन्तुलनमा हुने, अरुचि नहुने र फोक्सो स्वस्थ हुनेजस्ता फाइदा हुन्छन्। नियमित स्याउ खानेलाई क्यान्सर हुने सम्भावना पनि कम हुन्छ। अनुसन्धानका क्रममा १ सय ६० जना महिलालाई एक वर्षसम्म दिनहुँ ड्राइड् (सुकाएको) स्याउ र ड्राइड् आलुबखडा खान लगाइएको थियो।

    यसबाट उनीहरूको स्वास्थ्यमा परेको प्रभाव मापन गर्न तीन, छ र १२ महिनामा उनीहरूको रगत परिक्षण गरिएको थियो। रगत परिक्षण गर्दा स्याउ खाने महिलाको शरीरमा कोलेस्ट्रोलको मात्रा १४ प्रतिशतले कम भएको थियो। साथै, उनीहरूको वजन करिब साढे एक किलो कम भएको थियो। अनुसन्धानमा संलग्न डा. बाहरम एच अर्जमान्दीका अनुसार आलुबखडा खाने महिलाका स्वास्थ्यमा पनि केही प्रगति देखिएको थियो, तर स्याउ खानेका भन्दा कम। 

    जान्नुहोस् अरु फाइदा: 

    सेतो र स्वस्थ दाँत :  स्याउ चपाँउदा र टोक्दा निस्कने रयालले दाँत सड्नबाट बचाउनुको साथै ब्याक्टेरियाको संख्या घटाउछ।

    एल्जाइमर हुन दिदैन : स्याउले मस्तिस्कलाई बुढो हुन दिदैन र हरदम स्वस्थ र तन्दुरुस्त राख्छ।

    डायबीटीज हुन दिदैन : हरेक दिन एक दाना स्याउ खाने मानिसमा टाइप २ डायबीटीज हुने सम्भावना २८ प्रतिशतले कम हुन्छ।

    कोलेस्टेरोल घटाउँछ :  स्याउमा पाइने घुलनसिल फाइबर आन्द्राको चिल्लो पदार्थसंग बाधिन्छ र शरीरमा कोलेस्टेटोलको मात्रा कम हुन्छ।

    स्वस्थ मुटु :  स्याउमा पाइने फाइबरले धमनीका भित्ताहरुमा कोलेस्टेरोल जम्न नदिइ रक्तसञ्चारलाई स्वस्थ बनाई राख्छ।

    पित्तथैलीको पत्थरी :  पित्तथैलीमा भएको पित्तमा कोलेस्टेरोलको मात्रा बढी भएमा त्यो जम्न गई पत्थरी हुन्छ। स्याउ खाँदा त्यसमा भएको फाइबरले कोलेस्टेरोलको मात्रा घटाई पित्तथैलीको पत्थरी हुन दिदैन।

    झाडा पखला तथा कब्जियत : स्याउमा भएको फाइबरले झाडा पखलाको बेला धेरै पानी सोसी झाडा पखला नियन्त्रण गर्छ। त्यसैगरी कब्जियत भएको बेला त्यहि फाइबरले कोलनबाट पानी तानी कब्जियत निकोपार्न मद्दत गर्छ।

    तौल नियन्त्रण : धेरै नसर्ने रोगहरु जस्तै मुटुरोग उच्चरक्तचाप मधुमेह आदि शरीरको तौलसंग सम्वन्धीत हुन्छ। स्याउमा पाइने धेरै फाइबर र कम क्यालोरीले शरीरको तौल नियन्त्रण गर्न मद्दत गर्छ।

    कलेजोको शुद्धिकरण :  शरीरमा छिर्ने खानामा धेरै विषालु पदार्थहरु रहेका हुन्छन्। त्यसलाई शरीरको रक्तसञ्चार प्रक्रियासम्म पुग्नबाट रोक्ने काम कलेजोले गर्छ। जसले गर्दा कलेजोमा विषालु पदार्थ भरिएको हुन्छ। स्याउ एक त्यस्तो फल हो जसले कलेजोलाई शुद्ध र सफा गर्न मद्दत गर्छ।

    रोेगप्रतिरोधात्मक क्षमता : स्याउमा पाइने क्यूएरसेटिन नामक एन्टी अक्सिडेन्टले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij