Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

११ बुँदे माग राख्दै बंगलादेशका क्रिकेट खेलाडीहरू आन्दोलनमा

  • बर्दिया टुडे
  • 3.6K
    SHARES
  • बंगलादेशमा क्रिकेट खेलाडीहरुले विभिन्न ११ बुँदे माग अघि सार्दै आन्दोलन सुरु गरेका छन्। बंगलादेश क्रिकेट बोर्डले आफ्ना मागहरु पूरा नगरेसम्म कुनै पनि क्रिकेट गतिविधिमा सामेल नहुने उनीहरुको भनाइ छ।

    बंगलादेश प्रिमियर लिगमा फ्रेन्चाइजका आधारमा खेलाउने प्रक्रिया रद्द गर्ने निर्णय फिर्ता लिनुपर्ने, स्थानीय खेलाडीको तलब विदेशी खेलाडीको समान हुनुपर्ने, राष्ट्रिय खेलाडीको तलब बृद्धि हुनुपर्ने लगायतका माग खेलाडीले अघि सारेका छन्।


    ADVERTISEMENT

    images

    सोमबार दिउँसो पत्रकार सम्मेलन गर्दै खेलाडीहरुले बोर्डसँगको असन्तुष्टि बाहिर ल्याएका हुन्। बोर्डले बंगलादेश प्रिमियर लिगमा हरेक टिममा एक लेग स्पिनर अनिवार्य हुनुपर्ने फैसला गरेसँगै देखिएका असन्तुष्टि अहिले बाहिर देखिएको हो। यसले बंगालदेशी क्रिकेटमा देखिएका अन्य बेथितिहरु पनि बाहिरिएका छन्।

    खेलाडीहरुको आन्दोलनले नोबेम्बर ३ देखि भारतमा हुने भ्रमण पनि संकटमा परेको छ। बंगलादेश र भारतबीच ३ टी २०, २ टेस्ट खेल हुने तय भएको थियो। साकिब अल हसन, मोहम्मुदुल्लाह, मुसिफिकर रहिम जस्ता सिनियर खेलाडीहरु सोमबार पत्रकार सम्मेलनमा पनि उपस्थित थिए। उनीहरुसँगै फस्ट क्रिकेट खेल्ने अन्य खेलाडीहरुले पनि बोर्डसँगको असन्तुष्टि व्यक्त गरिरहेका थिए। यसका साथै उनीहरुले खेलाडीको मात्रै नभएर अन्य अफिसियल र अम्पायरको समेत तलब बृद्धिको माग अघि सारेका छन्।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij