Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

पूँजीबजारमा हरितालिका !

  • बर्दिया टुडे
  • 2.8K
    SHARES
  •  

    हे पर्वत पुत्री !

    हे पार्वती !

    आम जनसमाज

    आज हरितालिकाको नाममा

    तिम्रो स्मरण गरिरहेछ

    पुराणका पन्नाहरुमा सर्जकहरुले

    तिम्रो जुन अपूर्व महिमा वर्णन गरेका छन्

    त्यो दिव्य महिमाबाट

    जगत अनुप्रणित भइरहेछ

    तिमी मेरो हृदयमा पनि

    विद्रोह चेतनाको विम्व बनेर विराजमान छ्यौ

    युगयुगदेखि तिम्रो

    अर्चना भइरहेछ,प्रार्थना भइरहेछ।

    गौरी नामले सुविख्यात

    हे हिमपुत्री !

    पूर्वीय आध्यात्मिक दर्शन अनुसार

    यो नश्वर शरीर रहदैन

    आत्मा अमर रहन्छ

    यसले चोला बदल्छ

    प्रेम अमर रहन्छ

    जन्मजन्मान्तर अविच्चिन्न

    जीवन्त रहन्छ अमर प्रेम

    तिमी पनि सती देवीबाट

    पार्वतीका रूपमा बदलियौ

    सतीको स्वरुपमा रहदा

    शिवलाई वरण गरिसकेकी तिमीले

    पार्वती हुँदा विष्णुलाई स्वीकार्न सकिनौ

    हरेक जुनीमा पितृसत्ता

    तिम्रो आकाङ्क्षामा

    अवरोध भएर खडा भयो

    कहिले दक्ष प्रजापतिका रूपमा

    त कहिले

    पर्वतराज हिमालयका रूपमा

    म हेरिरहेछु तिमीलाई

    हरेक युगमा

    तिमी सत्ता विरुद्ध विद्रोह

    उद्घोष गरिरहेकी छ्यौ

    सतीदेवीको स्वरुपमा तिमीले गरेको

    आत्मदाहको कठोर विद्रोहले

    मेरो हृदयलाई अझै हल्लाइरहेको छ

    हे शैलपुत्री !

    आफ्नो जीवन साथी

    आफै रोज्न नपाउने

    हिमालय राजको निर्मम

    सत्ता विरुद्ध पनि तिमीले

    विद्रोहको झण्डा उठायौ

    नारी अस्मिताको पक्षमा

    दरबार त्यागेर ,

    घरबार त्यागेर

    निराहार बसेर

    सत्याग्रही विद्रोहबाट

    सारा जगतलाई प्रेमको मूल्य सिकायौ

    नारी जीवनको गरिमा स्थापित गर्यौ

    हे पार्वती !

    युग बदलिएको छ

    आज समाज बदलिएको छ

    उत्पीडनको स्वरुप बदालिएको छ

    विद्रोह अझ सशक्त चाहिएको छ

    तर म हेरिरहेको छु

    विद्रोहलाई आज उत्तर आधुनिकताले निलिरहेछ

    तिम्रो स्मृतिमा आज दिदीबहिनीहरु

    चेतनाहीन गीतका रङ्गीन धूनहरुमा,

    ले ल्याएका

    वस्त्र,आभूषण र भोजनहरुमा

    वसीभूत भइरहेका छन्

    पार्वती !

    आज तिम्रो घनघोर अपमान भइरहेको छ

    म दुखिरहेको छु।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij