Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

गौशालाको बारेमा सांसदले दिएको अभिब्यक्ती प्रति राजापुर नगरपालिकाको ध्यानाकर्षण

  • बर्दिया टुडे
  • 2.0K
    SHARES
  •  

    राजापुर । बर्दिया जिल्लाबाट जनमत राजनैतिक दलबाट प्रतिनिधित्व गर्नु भएका सांसद अब्दुल खानले  गत भदौ १२ गते विहान ११ बजे सदनको विशेष समयमा बोल्दै बर्दियाको राजापुरमा रहेको गौशाला नभई बधशाला भनी बोलेको अभिब्यक्ती प्रति राजापुर नगरपालिकाले ध्यानाकर्षण भएको जनाएको छ । आईतबार एक प्रेस विज्ञप्ती जारीगर्दे नगरपालिकाले अभिब्यक्ती पुनः सुधारेर बोलिदिन आग्रह गरेको छ ।


    ADVERTISEMENT

    images

    राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारु र प्रमुख प्रशासकिय अधिकृत महेन्द्र जंग शाहीको संयुक्त हस्ताक्षरमा निकालिएको विज्ञप्तीमा माननियले दिएको अभिब्यक्तीले राजापुर नगरपालिका र नागरिकलाई दुःखीत बताएको उल्लेख छ । राजापुर नगरपालिका वडा नम्बर १० स्थित मझरामा रहेको गौशालामा ३ सय ६० भन्दा बढी गाई संरक्षणमा रहेकोले पछिल्लो समय कुनैपनि गाई गौशालामा नमरेको बताईएको छ । (चुरेकुञ्ज)

    Rajapu.jpg

     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij