Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

नेपालले बढाइरहँदा भारत सरकारले घटायो ग्यासको मूल्य

  • बर्दिया टुडे
  • 2.0K
    SHARES
  •  

    भारत सरकारले खाना पकाउने ग्यास (एलपीजी)को मूल्य घटाएको छ । यसअघि घरेलु प्रयोगमा आउने खाना पकाउने ग्यासको मूल्य घटाएको सरकारले कमर्सियल प्रयोगमा आउने ग्यासको मूल्य पनि घटाएको हो । यसअघि घरायसी प्रयोग हुने ग्यासको मूल्य भारत सरकारले २०० भारु घटाएको थियो ।


    ADVERTISEMENT

    images

    घटेको मूल्य आजैदेखि लागू हुने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । कमर्सियल ग्यासमा १५८ भारु घटाइएको छ ।

    अब १९ किलोवाला कमर्सियल ग्यास सिलिण्डरको मूल्य दिल्लीमा १५२२ भारु पर्ने छ । कोलकत्तामा १६३६ भारु पर्ने छ । मुम्बईमा यही ग्यास सिलिण्डर १४८२ भारु पर्ने छ । 

    यस्तै घरायसी प्रयोगको १४.२ किलो ग्यास सिलिण्डरको भने दिल्लीमा ९०३ भारु, कलकत्तामा ९२९ र मुम्बईमा ९०२ भारु पर्ने छ । 

    भारतमा एलपीजी ग्यासको मूल्य घटिरहँदा नेपालमा भने बढेको छ । नेपाल आयल निगमले बिहीबार मात्रै ग्यासको मूल्य बढाएको थियो ।  निगमले एकैपटक ग्यासको मूल्य प्रतिसिलिन्डर २३५ रुपैयाँ वृद्धि गरेको हो ।

    नेपालमा एक सिलिन्डर ग्यास किन्न उपभोक्ताले १८९५ रुपैयाँ खर्चिनुपर्ने भएको छ । यसअघि ग्यासको मूल्य १६६० रुपैयाँ थियो । (लोकान्तर)

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij