Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

नाइजरका राष्ट्रपति बाजुमलाई तत्काल रिहा गर्न राष्ट्र सङ्घको आग्रह

  • बर्दिया टुडे
  • 2.3K
    SHARES
  •  

    नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई तत्काल रिहा गरी संवैधानिक व्यवस्था पुनःस्थापित गर्न संयुक्त राष्ट्र सङ्घले आग्रह गरेको छ ।


    ADVERTISEMENT

    images

    सैन्य कब्जाबाट आफूहरू स्तब्ध बनेको संयुक्त राष्ट्र सङ्घका मानव अधिकार प्रमुख भोल्कर तुर्कले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उहाँले विनासर्त राष्ट्रपति बाजुमलाई रिहा गरिनुपर्ने, सुरक्षा सुनिश्चित हुनुपर्ने तथा संवैधानिक व्यवस्था र विधिको शासन बहालीका लागि सबै प्रयास गरिनुपर्ने बताउनुभएको छ ।

    बाजुमलाई सैन्य गार्ड सदस्यले अस्ति बुधवारदेखि नियामीमा बन्दी बनाएका छन् । लगत्तै उनीहरूले संविधान र सबै संस्थाहरू निलम्बन गर्ने, सीमाहरू बन्द गर्ने र रातको समयमा कर्फ्यु लगाउने घोषणा गरेका थिए । तर बन्दी बनेका राष्ट्रपति बाजुमले लोकतन्त्र जोगाउने प्रतिबद्धता जनाउनुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले लोकतन्त्रका लागि लड्ने दृढता व्यक्त गर्नुभएको हो ।

    अफ्रिकी र अन्तर्राष्ट्रिय सङ्गठनले नाइजरमा भएको सैन्य विद्रोहको निन्दा गरेका छन् ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij