Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

अफगानिस्तानमा ६० लाख बढी व्यक्ति विस्थापित

  • बर्दिया टुडे
  • 1.7K
    SHARES
  •  

    संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले अफगानिस्तानमा हाल ६५ लाख ५० हजार आन्तरिक रूपमा विस्थापित व्यक्ति रहेको उल्लेख गरेको छ । यूएनडीपीले अफगानिस्तान सिरियापछि सबैभन्दा बढी विस्थापित भएको मुलुक बनेको जनाएको छ ।


    ADVERTISEMENT

    images

    यूएनडीपीको प्रतिवेदन अनुसार सन् २०२२ को डिसेम्बर ३१ सम्ममा द्वन्द्व र हिंसाका कारण ४३ लाख ९० हजारभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित भएका छन् भने विपद्का कारण २१ लाख ६० हजार मानिस विस्थापित भएका छन् । प्रतिवेदनले आगामी ३० वर्षमा विश्वव्यापी विस्थापनको सम्भावित वृद्धिबारे चेतावनी जारी गरेको टोलो न्यूजले जनाएको छ ।

    टोलो न्यूजका अनुसार केही अन्य विस्थापितले तालिबान र सहायता संस्थाहरूसँग उनीहरूलाई सहयोग गर्न आग्रह गरेका छन् ।

    गरिबी, असुरक्षा र द्वन्द्वका कारण पनि अफगानी नागरिकले आफ्नो घर छोड्दै श्रम, रोजगारी र सहयोगको खोजीमा शहरी क्षेत्रमा केन्द्रित भएको टोलो न्यूजले जनाएको छ ।

    यसबाहेक, अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले यसअघि अफगानिस्तानमा आन्तरिक रूपमा विस्थापित हुनेहरूको सङ्ख्यामा वृद्धि भएको बताएको थियो । सङ्गठनले देशको आन्तरिक रूपमा विस्थापित जनसङ्ख्या करिब ६० लाख रहेको अनुमान गरेको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij