Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बलिउड कोरियोग्राफर सरोज खानकाे ७२ वर्षको उमेरमा निधन

  • बर्दिया टुडे
  • 4.1K
    SHARES
  •  

    बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको ७२ वर्षको उमेरमा निधन भएको छ।

    हिन्दुस्तान टाइम्सका अनुसार हृदयघात भएपछि गत महिना उनलाई मुम्बईको गुरू नानक अस्पताल भर्ना गरिएको थियो। उनको बिहीबार राति निधन भएको हो ।

    जुन १७ मा सास फेर्न समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। सरोजका पतिसँगै दुई छोरी र एक छोरा छन्।

    बलिउडमा झण्डै ४ दशकसम्म ४ हजार बढी गीतमा नृत्य निर्देशन गरेकी सरोजले नृत्य निर्देशनमा तीन पटक राष्ट्रिय अवार्ड जितेकी छिन् ।  सरोजले अन्तिमपटक करन जोहर निर्मित ‘कंलक’ सिनेमाको ‘ तबाह हो गई’ गीतमा कोरियोग्राफी गरेकी थिइन्। समाचार एजेन्सीकाे सहयाेगमा

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij