Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई भैँसेपाटीमा सरकारी क्वार्टर, प्रचण्डले गरे साँचो हस्तान्तरण

  • बर्दिया टुडे
  • 1.7K
    SHARES
  •  

    सरकारले ७ वटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखलाई ललितपुरको भैँसेपाटीमा सरकारी आवास हस्तान्तरण गरेको छ ।


    ADVERTISEMENT

    images

    संघीय सरकारको लगानीमा बनेका सरकारी आवास आइतवार सम्बन्धित प्रदेशका प्रदेश प्रमुखलाई हस्तान्तरण गरिएको हो । 

    आइतवार आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुर महानगरपालिका सैंवुस्थित सम्पर्क कार्यालय र निवास हस्तान्तरण गरेका हुन् ।

    प्रधानमन्त्री प्रचण्डले कोशी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख, मुख्य मन्त्रीको निवास अवलोकन गरेका थिए ।

    सातवटै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीले साँचो बुझेका छन् । उनीहरू काठमाडौं आएको समयमा सरकारी आवासमा बस्नेछन् । 

    भैँसेपाटीमै सरकारका मन्त्रीहरूका लागि पनि आवासको व्यवस्था गरिएको छ । केही समयमै पुल्चोकबाट मन्त्री क्वार्टर पनि भैँसेपाटीमा सार्न लागिएको छ । (लोकान्तर)

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij