Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बाँझो मुलुकमा चरिरहेका साँढेहरू

  • बर्दिया टुडे
  • 1.8K
    SHARES
  •  

    मुलुक छोड्नेको थामी नसक्ने लर्को
    मुलुकको आम्दानी घटिरहेछ
    बढ्ने कसरी ?
    न उद्योगधन्दा, न कलकारखाना
    न आफ्नो लगानी, न रोजगारी सिर्जना
    भएका कारखाना बन्द गरे पराइका लागि
    युवा पलायन गराए
    राजनीतिक चाप घटाउनको लागि
    गफको उत्पादन अचाक्ली बढ्यो
    गफै गफको वाकपटुता बढेर
    कहिले सिंगापुर बनाइदिने, कहिले लन्डन
    तर जनताको न दाल पाक्ने, न भात पाक्ने
    गफैगफको विकास र समृद्धिमा
    साँढे बनेर चर्न पाएका छन्
    बाकसमा फर्किएकाको पैसामा
    हाइसञ्चो मानिरहेका छन्
    लुट्न झन् सजिलो त्यसैमा
    मुलुकलाई अन्तको मन्डी बनाएर


    ADVERTISEMENT

    images

    मुलुक बाँझो भयो
    जमिन बाँझो हुँदै गएर
    खाद्यान्न घट्यो
    महिलाको बाँझोपन बढ्दै गयो
    नेपाली कम हुँदै गए
    जनसंख्या घट्दै गयो
    बढाउन अन्तलाई नागरिकता बाढे
    किस्ता किस्तामा नागरिकतासँग साटेको शासन
    कुनै कुराले असर गर्दैन साँढेहरूलाई
    नोलले हाने पनि, लखेटे पनि
    कहिले नझर्ने फल देखाएर
    चर्न भने छोड्दै छोड्दैनन् यहाँ
    गरिबको रगत पसिनामा
    मुलुक जति बाझो हुँदै गए पनि

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij