Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

‘गौशाला २६’द्वारा आत्महत्या प्रयास

  • बर्दिया टुडे
  • 1.7K
    SHARES
  •  

    क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दाकी पीडित भनिएकी किशोरी ‘गौशाला २६’ले आत्महत्याको प्रयास गरेकी छन्।


    ADVERTISEMENT

    images

    प्रहरी स्रोतका अनुसार उनले प्रेस्क्राइब गरिएको औषधि धेरै खाएर आत्महत्या प्रयास गरेकी हुन्। गौशाला २६ हाल माइती नेपालको संरक्षणमा रहँदै आएको र मनोचिकित्सकको परामर्शमा रहेकी छन्। सोही उपचारको क्रममा चिकित्सकको सल्लाहअनुसार औषधि खाइरहेकी थिइन्।

    उनले उक्त औषधि धेरै खाएर आत्महत्या प्रयास गरेको प्रहरी स्रोतको भनाइ छ। हाल उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ।

    क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको आइतबार अन्तिम सुनुवाइको पेशी तोकिएको छ। गौशाला २६ ले हालै मात्र ३.८७ जीपीए ल्याएर कक्षा १२ उत्तीर्ण गरेकी छन्।

    गतवर्ष भदौमा उनले आफूलाई क्रिकेटर लामिछानेले बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दिएकी थिइन्। (देश सञ्चार)

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij