Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

प्रदेश प्रमुख हटाइएसँगै काँग्रेसको आपत्ति, आयो यस्तो प्रतिक्रिया

  • बर्दिया टुडे
  • 3.0K
    SHARES
  • काठमाडौँ– सरकारले ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कडा आपत्ति जनाएको छ ।

    सरकारको उक्त निर्णयका विषयमा रातोपाटीलाई संक्षिप्त प्रतिक्रिया दिँदै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार मनपरी निर्णय गरेर द्वन्द्व निम्त्याउने बाटोमा लागेको बताए । 

    उनले भने, ‘सरकारले गर्नु पर्ने काम धेरै छन् । तर सरकार द्वन्द्व नित्याउने बाटोमा लाग्यो । यस्तो पूर्वाग्रही कदमप्रति काँग्रेसको विमति रहन्छ ।’


    ADVERTISEMENT

    images

    संवैधानिक बाटोबाट नियुक्त भएका प्रदेश प्रमुख हटाउनुले सरकार पूर्वाग्रही सोचबाट ग्रसित भएको आरोप छ । 

     पार्टीका नेताहरुसँगको परामर्शपछि सरकारको उक्त निर्णयको विरुद्ध कसरी अगाडि बढ्ने भन्ने योजना तय गरिने उनले बताए । 

    मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उनीहरुलाई हटाउने निर्णय गरेको हो । 

    आइतबार मन्त्रिपरिषले निर्णय गरेर पदमुक्तका लागि राष्ट्रपतिकहाँ पठाएकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम पदमुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    नेकपाको विरोधका बीच तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले ७ प्रदेशका प्रदेश प्रमुख नियुक्ति गरेको थियो । 

    नेकपाको तर्फबाट ओलीले सरकारको नेतृत्व गरेसँगै उनीहरुलाई हटाउन खोजिएपनि काँग्रेसको विरोध गर्दै आएको थियो । 

    देउवा सरकारले प्रदेश १ मा गोविन्द बहादुर तुम्बाहाङ, प्रदेश २ मा रत्नेशवर लाल (कायस्थ), प्रदेश ३ मा अनुराधा कोइराला, गण्डकीमा बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, कर्णालीमा दुर्गा केशर खनाल र सुदूरपश्चिममा मोहनराज मल्ललाई प्रदेश प्रमुखको रुपमा नियुक्ति गरेको थियो । 

     

     
     

     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij