Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

रेखा शाहको तीज गीतमा श्वेता र नीता (भिडियाे सहित)

  • बर्दिया टुडे
  • 1.2K
    SHARES
  •  

    सिमसिमे पानीमा बोलको गीतबाट प्रसिद्धी कमाएकी गायिका रेखा शाहले यस वर्षको हरितालिका तीजको अवसरमा तीज गीत ‘लहरै आयो तीजैको बरिलै’ को अडियो र भिडियो सार्वजनिक गरेकी छिन्।


    ADVERTISEMENT

    images

    टेकेन्द्र नेपालीको शब्द र संगीत रहेको गीतमा पवन रानाभाटको संगीत संयोजन रहेको छ।

    रूपेश थापाले छायांकन र निर्देशन गरेको म्युजिक भिडियोमा नेपालका प्रसिद्ध अभिनेतृद्वय श्वेता खड्का र नीता ढुंगानाको नृत्य र अभिनय रहेको छ।

    दुई अभिनेतृसँगै गायिका शाहले पनि अभिनय गरेको गीतमा स्मृति तिमिल्सिनाको नृत्य निर्देशन र मिलन विश्वकर्माको सम्पादन रहेको छ।

    भूपेन्द्र खड्काको अडियो प्रोडक्सनमा ‘अ सेरिज नेपाल’ र ‘रेखा शाह फाउन्डेसन’को प्रस्तुति रहेको गीतको भिडियो गायिका शाहकै युट्युब च्यानलबाट सार्वजनिक भएको हो। (देश सञ्चार)

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij