गुलरियामा पौष ६ गतेदेखि ब्यापार महोत्सव सञ्चालन हुने
बर्दिया टुडे
मंसिर ९, २०८० शनिवार
०१:३२:२६ मा प्रकाशित
1.5K
SHARES
1.5K
SHARES
समृद्ध बर्दियाको प्रमुख आधार, कृषि, पर्यटन, उद्योग, संस्कृति र पूर्वाधार भन्ने मुल नाराका साथ गुलरियामा प्रादेशिक कृषि, पर्यटन तथा औधोगिक व्यापार महोत्सव हुने भएको छ । मुख्य आयोजक उद्योग वाणिज्य संघ गुलरिया बर्दियाले ०८० पौष ६ गते देखि १६ गते सम्म गुलरिया नगरपालिका वडा नं. ८ स्थित कोठिया चोकमा महोत्सव संचालन हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
पत्रकार सम्मेलनमा उद्योग वाणिज्य संघ, गुलरिया बर्दियाका अध्यक्ष देवेन्द्र पाण्डेले कृषि, औद्योगिक तथा पर्यटकिय क्षेत्रको विकास तथा प्रर्वधनगर्दै आर्थिक वृद्धि तथा विकास गरी स्वदेशी उत्पादनको निर्यात प्रवद्र्धन एवं आन्तरिक बजार सुदृढ गर्ने लक्ष्य आयोजक संस्थाले लिएको बताउनु भयो । साथै कृषि, उद्योग, पर्यटनको विकासमा टेवा पु¥याई गरिवी न्यूनिकरण गर्नुका साथै स्वावलम्बी बनाई आर्थिक रुपले सक्षम बनाउने उद्देश्य आयोजकको छ ।
महोत्सवमा बर्दियामा रहेका धार्मिक पर्यटक स्थल, कृष्णसार संरक्षण क्षेत्र, बबई भ्याली, खाता कोरिडोर, बढैयाताल, बर्दिया राष्ट्रिय निकुञ्ज, ओखरिया इन्टेक जस्ता पर्यटकिय क्षेत्रको प्रचार प्रसार गरि वाह्य तथा आन्तरिक पर्यटकको गन्तव्य बनाउने लक्ष्य रहेको अध्यक्ष पाण्डेले प्रष्ट्याउनु भयो । महोत्सवमा घरेलु उद्योगबाट उत्पादित बस्तु, कृषि उत्पादन तथा जडिबुटी, स्थानीय परिकारहरु तथा ख्याती प्राप्त राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरुको गीत, नृत्य तथा हास्यव्यङ्ग प्रर्दशनी मुख्य आर्कषणको रुपमा रहने जानकारी दिईएको छ । गुलरिया महोत्सवमा २ सय स्टल तथा थारु गाउँ, स्थानीय कला संस्कृती झल्किने जातजातीका झाकी प्रर्दशन, बाल उद्यान रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।