Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

विष्णु माझीको तीज गीत सार्वजनिक (हेर्नुहाेस् भिडियाे)

  • बर्दिया टुडे
  • 2.6K
    SHARES
  •  

    गायिका विष्णु माझीको यस वर्षको तीज गीत सार्वजनिक भएको छ ।


    ADVERTISEMENT

    images

    तीज आउन अब २ सातामात्र बाँकी रहँदा विष्णुको गीत ‘पुतलीको भट्टी –१९’ सार्वजनिक भएको हो ।

    बुधवार बेलुका सार्वजनिक ‘बलमा’ गीतमा विगतमा जस्तै विष्णुको एकल स्वर छ ।

    गीतमा उनका श्रीमान सुन्दरमणि अधिकारीको शब्द एवं संगीत छ । आशिष अविरलले गीतलाई एरेन्ज तथा मिक्सिङ गरेका हुन् ।

    भिडियोमा यसपटक बिनु सुवेदी फिचर्ड छिन् । साथमा, सुन्दरमणि अधिकारी पनि प्रस्तुत छन् ।

    मौसम हिमालीले भिडियोको​ कोरियोग्राफी गरेका छन् । ​ 

    सुन्दरमणिकै निर्देशन रहेको भिडियोमा महिला हिंसाविरुद्धको सन्देश दिने प्रयास गरिएको छ ।

    शम्भु चालिसेको छायांकन, निशान घिमिरेको सम्पादन रहेको गीत सुन्दरमणि र विष्णुकै सपना म्युजिक इण्डष्ट्रीज नामक युट्युबबाट सार्वजनिक गरिएको हो ।

    विष्णुले प्रत्येक वर्ष तीज गीत सार्वजनिक गर्दै आएकी छिन् । उनी तीज गीतमा सबैभन्दा धेरै भाग ल्याउने गायिका समेत हुन् । 

    पछिल्लो समय बाहिरी गीतमा स्वर नदिएका कारण पनि विष्णुको तीज गीतको थप प्रतीक्षा थियो । 

    गीत सार्वजनिक भएसँगै प्रतीक्षामा रहेका स्रोता–दर्शकहरु खुशी भएका छन् । यद्यपि, अपेक्षा गरेअनुसारको गीत नआएको प्रतिक्रिया स्रोता–दर्शकहरुले दिइरहेका छन् ।(लाेकान्तर)

     

      

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij