शान्तिबजार । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन गेरुवा गाउँकमिटीले गेरुवामा संचालन हुन लागेको महोत्सवमा विद्यार्थीलाई ५० प्रतिशत छुटको माग गरेको छ । आइतबार विद्यार्थीलाई महोत्सवमा ५० प्रतिशत छुटको व्यवस्था हुनुपर्ने माग सहितको विज्ञप्ती गेरुवा उद्योग वाणिज्य संघका अध्यक्ष भिम बहादुर धामीलाई बुझाईएको हो ।
विज्ञप्ती बुझ्दै गेरुवा उद्योग वाणिज्य संघका अध्यक्ष भिम बहादुर धामीले गेरुवा उद्योग वाणिज्य संघ अनेरास्ववियु गेरुवा कमिटीको माग प्रति सकरात्मक भएको बताउँदै विद्यार्थीलाई छुटको व्यवस्था हुनुपर्ने आफुहरुको पहिलेनै मानसिकता बनिसकेको बताउनुभयो ।
उहाँले उद्योग वाणिज्य संघको कार्यसमितिको बैठक बसेर विद्यार्थीहरुलाई महोत्सवमा सहभागि हुन सक्दो सहज वातावरण सृजना गर्न तर्फ लाग्ने बताउनु भयो ।

अनेरास्ववियु गेरुवा गाउँकमिटीका अध्यक्ष दिनेश अयडी द्वारा हस्ताक्षरित विज्ञप्तीमा यही पौष २७ गते देखि माघ ०९ गते सम्म गेरुवामा दोस्रो गेरुवा औद्योगिक व्यापार मेला तथा सांस्कृतिक महोत्सव–२०८०, लाई सफलताको हार्दिक शुभकामना व्यक्त समेत गरिएको छ । ‘विगतमा अनेरास्ववियुको बलिदानीपूर्ण आन्दोलनबाट प्राप्त विद्यार्थीहरुले पाउने मनोरञ्जनका क्षेत्रमा ५०% छुट सुबिधाको व्यवस्था रहेको सबैमा अवगत नै छ ।’ विज्ञप्तीमा भनिएको छ, ‘तसर्थ यस महोत्सवको हरेक मनोरञ्जनात्मक क्षेत्रमा पनि विद्यार्थीहरुलाई ५०% छुट लागू गर्न अनेरास्ववियु नगर कमिटी जोडदार माग गर्दछ ।’
हेर्नुहोस् विज्ञप्ती
