Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

५३ पिन्ट रगत संकलन

  • बर्दिया टुडे
  • 970
    SHARES
  •  

    नेपाल स्वयंसेवी रक्तदाता समाज नगरसमिति राजापुर तथा नेपाल रेडक्रस सोसाइटी राजापुर “क” शाखाले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५३ पिन्ट रगत संकलन भएको छ ।


    ADVERTISEMENT

    images

    आइतवार बर्दिया उद्योग बाणिज्य संघ राजापुरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका हुन् ।

    रगतको अभावमा कसैको पनी अकालमा ज्यान नजावस भन्ने उदेश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष एवं केन्द्रिय सदस्य प्रेम लम्सालले बताउनु भयो ।

    संकलित रगत रगत बैंक गुलरियामा पठाइएको स्वयंसेवी रक्तदाता समाज नगर समिति राजापुरका अध्यक्ष लोकराज ढुङ्गानाले बताउनु भयो । रक्तदान कार्यक्रममा राजापुर नगरपालिकाले समन्वय गरेको छ भने युनिक नेपाल बर्दिया, बर्दिया उद्योग बाणिज्य संघ राजापुरको सहयोग गरेको थियो ।

    रक्तदान कार्यक्रममा प्राबिधिक सहयोग नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बर्दिया, संचार सहकार्य रेडियो राजापुर र साथी एफएम राजापुरले गरेका थिए ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij