Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

५६ करोड ऋण नतिरेपछि सनी देओलको घर लिलामी हुने

  • बर्दिया टुडे
  • 1.1K
    SHARES
  •  

    सनी देओल यतिबेला जताततै चर्चामा छन् । उनको पछिल्लो फिल्म ‘गदर २’ले हलमा धमाकेदार कमाइ गरिरहेको छ । गत हप्ता हलमा रिलिज भएको यो फिल्मले ९ दिनमै यति कमाई गरेको छ कि यो बलिउडको सबैभन्दा धेरै कमाउने फिल्मको सूचीमा परेको छ ।


    ADVERTISEMENT

    images

    सन् ९० को दशकमा बलिउडका सबैभन्दा ठूला स्टार मध्येका एक भएका सनीले मध्य दुई दशकमा निकै संघर्ष देखे र उनका फिल्मले बक्स अफिसमा खासै कमाइ गर्न सकेनन् । अब अन्ततः ‘गदर २’ ले उनलाई त्यो भव्य सफलता देखाएको छ, जुन उनले लामो समयदेखि प्रतिक्षा गरिरहेको हुनुपर्छ ।

    तर एकातिर सनीको फिल्मले हलमा ठूलो कमाई गरिरहेको छ भने अर्कोतिर वास्तविक जीवनमा उनको एउटा ठूलो सम्पत्ति लिलामीको धम्की आएको छ । सनीले बैंकको ठूलो ऋण तिर्नुपर्ने थियो, जसको असुलीका लागि बैंकले अहिले उनको मुम्बईको सम्पत्ति लिलामी गर्न विज्ञापन निकालेको छ ।

    बैंक अफ बडोदाले सनी देओलको भिल्लाको लिलामीका लागि विज्ञापन जारी गरेको छ । सनीले बैंकबाट ठूलो ऋण लिएका थिए । यो ऋणका लागि उनले मुम्बईको जुहु क्षेत्रमा रहेको ‘सनी भिल्ला’ नामक आफ्नो भिल्ला धितोमा दिएका थिए । बैंकलाई करिब ५६ करोड रुपैयाँ तिर्नुपर्ने थियो, जुन अहिलेसम्म तिरेका छैनन् ।

    यो ऋण र त्यसमा लाग्ने व्याज असुल गर्न बैंकले यो सम्पत्ति लिलामी गर्ने निर्णय गरेको हो । बैंकको विज्ञापनमा ‘सनी भिल्ला’को लिलामी सेप्टेम्बर २५ मा हुने उल्लेख छ । यस लिलामीका लागि सम्पत्तिको आरक्षित मूल्य ५१.४३ करोड रुपैयाँ राखिएको छ । (डिसी नेपाल)

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij