Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

आशिष र अजयले ल्याए गाईजात्रा 'दिल्लीको मुर्रा' (हेर्नुहाेस् भिडियाे)

  • बर्दिया टुडे
  • 1.7K
    SHARES
  •  

    आगामी भदौ १४ गते परेको गाईजात्रालाई लक्षित गर्दै कलाकार आशिष शाह ठकुरी र अजय शाह ठकुरीले गाईजात्रा 'दिल्लीको मुर्रा' ल्याएका छन्। 


    ADVERTISEMENT

    images

    उनीहरूले अनलाइन चौतारी युट्युब च्यानलमार्फत गाईजात्रा सार्वजनिक गरेका हुन्। 'दिल्लीको मुर्रा' मा देशमा वर्षभरि घटेका विषयवस्तुमाथि चेतनात्मक रूपमा व्यंग्य प्रस्तुत गरिएको छ।

    'गाईजात्राको मुख्य उद्देश्य भनेको समाजमा रहेको वेथिति विसंगतीप्रति व्यंग्य गर्नु हो,' आशिषले भने।

    आशिष र अजयले 'दिल्लीको मुर्रा' कोरियाबाट सार्वजनिक गरेका हुन्। उनीहरूले रेडियो कान्तिपुरको हास्यव्यंग्य कार्यक्रम 'गज्जब छ बा', कान्तिपुर टेलिभिजनको हास्य सिरियल 'ट्वाक्क टुक्क रिर्टन्स' लगायत थुप्रै सिरियलमा काम गरेका छन्।

    अजय शाहले छायांकन गरेको 'दिल्लीको मुर्रा' लाई आशिषले सम्पादन गरेका हुन्।  (सेताेपाटी)

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij