Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

राजापुरको भिम्मापुरमा आजदेखि फुटवल प्रतियोगिता सुरु १६ टिम सहभागी

  • बर्दिया टुडे
  • 2.6K
    SHARES
  • युवाहरुको खेलप्रति लगाव,रुचि लाई मध्यनजर गर्दै खेल क्षेत्रको बिकास गर्ने हेतुले राजापुर नगरपालीकाको वडा नं ७ भिम्मापुरमा आजदेखि फुटवल प्रतियोगिता सुरु भएको छ । राजापुर नगरपालीका ७ नम्मर वडा कार्यलयको आर्थिक सहयोगमा सोल्टी –११ सृजनशिल युवाक्लवको आयोजनामा शुरु भएको फुटवल प्रतियोगिताको नेपाली कांग्रेसका क्षेत्रिय सभापति दिपक जंग शाहले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी शाहले राजापुर क्षेत्रको खलकुदमा लामो इतिहास रहेको बताउदै यहाँका खेलाडिलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउन खेलक्षेत्रलाई निरन्तरता दिनुपर्ने बताए । यस्तै कार्यक्रमका बिषेश अतिथी वडा अध्यक्ष मथुरा प्रसाद थारुले राजापुर नगरपालीका वडा नं ७ ले बिगतमा आयोजना गरेका खेलकुद प्रतियोगितामा प्रथम स्थान हासिल गरेका अनुभव सुनाउदै यस क्षेत्रको खेल बिकासमा आफु जस्तोसुकै सहयोग गर्न पछि नपर्ने प्रतिवद्वता जनाए । कार्यक्रममा बोल्दै वडा सचिव राजकुमार पौडेलले लक्षीत बर्गका कार्यक्रमले लक्षित क्षेत्रको बिकासमा मद्दत पुर्याउने भएकाले यस्ता खाले कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औल्याए । प्रतियोतिामा प्रथम हुने टिमलाई २४ हजार दोश्रो हुने टिमलाई २० हजार ,तेश्रो स्थान हुने टिमलाई १८ हजार र सान्त्वना स्थान हासिल गर्ने टिमलाई ६ हजार रुपैया नगद र प्रमापत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा महिला तथा पुरुष गरी १६ टिमको सहभागि छन् । प्रतियोगिता संचालनकालागी वडा कार्यलयले ३ लाख ६५ हजार सहयोग गरेको छ ।

    football-1429498428_835x547.jpg

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij