वर्षाका कारण आफ्नो गाउँबस्ती डुबानहुँदा पानीको निकास खोल्न माग गर्दा समेत नगरपालिकाले जे. सी. वि. उपलव्ध नगराएपछी मधुवन नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष चन्द्र सिंह गुरुङ्ग ले मधुवन नगरपालिका बाट उपलब्ध गराईने श्रोत र साधनमा विभेद नगरी परिचालन गरौं । पीडीत वडा मधुवन ६ बर्दिया लेखिएको प्ले -कार्ड छातीमा टासेरै नगरपालिका पुगि विरोध जनाएका छन ।