Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

लुम्बिनी प्रदेशका सबै मुक्त कमैयाको स्वास्थ्य बिमा सरकारले गर्ने मुख्य मन्त्री चौधरीको खुलासा

मुक्त कमैयाको व्यवस्थापनमा सरकार गम्भिर रहेको भनाई ।
  • बर्दिया टुडे
  • 1.1K
    SHARES
  •  

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी लुम्बिनी प्रदेश सरकारले मुक्त कमैयाहरूको बिमा गर्ने घोषणा गरेका छन ।

    बर्दियाको राजापुरमा मंगलवार आयोजित २४ औं मुक्त कमैया दिवसमा आयोजित कार्यक्रममा मुख्यमन्त्री चौधरीले प्रदेशका सबै मुक्त कमैयाहरूको स्वास्थ्य बिमा गरी उपचारमा खर्च गर्न नपर्ने बनाइने घोषणा गरेका हुन ।


    ADVERTISEMENT

    images

    360136238_986624132358162_7353793260291394870_n.jpg

    कमैया आन्दोलनको योद्धाको नाताले देशैभरका मुक्त कमैयाका समस्या समाधान गर्न मुख्यमन्त्रीको बैठकपश्चात प्रधानमन्त्री समक्ष कुरा राख्ने उनले बताए । आफू पनि कमैयाको छोरा भएकाले मुक्त कमैयाको बाँकी पुनर्स्थापना, व्यवस्थापन र रोजगारीका बारेमा आफू सधै चिन्तित रहेको उनको भनाई छ । प्रदेशमा रहेका महिला, विपन्न लगायत लक्षित वर्गलाई रोजगारीको व्यवस्था गर्न प्रदेश सरकार लागेको बताए ।

    361639010_986624285691480_9106448094420577751_n.jpg

    मुक्त कमैयाहरुले भोगेको पिडा स्मरण गर्दै मुख्यमन्त्री चौधरीले ब्यवस्थापन हुन बाँकी रहेका मुक्त कमैयाहरुलाई लुम्बिनी प्रदेश सरकारले जग्गा दिएर ब्यवस्थापन गर्ने बताए । उनले भने– “जग्गा ब्यवस्थापनका लागि केन्द्र सरकार संग कुरा गर्छौ । केन्द्र सरकारले ब्यवस्थापन गर्न सकेन भने आगामी आर्थिक वर्षको वजेटमा सम्वोधन गरेर जग्गा नपाएकाहरुलाई जग्गाको ब्यवस्थापन गर्छौ ।”

    361627643_986624169024825_7347360320463230731_n.jpg

    वन्यजन्तु पीडितहरूलाई प्रदेश मार्फत वीमाको सुविधा सुरु भइसकेको स्मरण गराउँदै मुख्यमन्त्री चौधरीले प्रदेशका सबै जिल्लालाई जातीय कलष्टरका आधारमा विकास योजनामा लैजाने मोडल सार्वजनिक गरे । उनले स्थानीय जातिका सांस्कारिक परिकारलाई प्रवद्र्धन गर्दै उत्पादन मार्फत आयआर्जनमा जोड्न प्रदेश सरकारले योजना बनाएको बताए ।


    ठाकुरद्वारालाई मल्टीकल्चर, ठाकुरद्वारा देखि मनाउ स्काई ब्रिजको कल्पना सरकारले गरेको छ । स्थानीय उत्पादनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर टेक्निकल सपोर्ट र कच्चा पदार्थ उपलब्ध गराएर रोजगारीको अवसर सिर्जना गर्ने विभिन्न सम्भावना रहेको मन्त्री चौधरीले बताएका छन् ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij