Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दिया लगायत ९ जिल्लाले टेरेनन् कांग्रेसको निर्देशन, क्रियाशील सदस्यता वितरण र नवीकरण नै भएन

  • बर्दिया टुडे
  • 4.4K
    SHARES
  •  

    क्रियाशील सदस्यता वितरण र नवीकरण गरी त्यसको विवरण नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा मंगलवारसम्म पठाइसक्नु पर्ने भए पनि बर्दिया लगायत ९ जिल्ला कार्यसमितिले यो काम सुरू नै गरेका छैनन्। 

    १४ औं महाधिवेशन कार्यतालिका नै प्रभावित हुने भए पनि बर्दिया लगायत बाँके, रूकुम पूर्व, डोल्पा सप्तरी, सिरहा, धनुषा, बारा, रसुवा  जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम नगरेका हुन्।

    कांग्रेस केन्द्रले पटकपटक क्रियाशील वितरण र नवीकरणका काम समयभित्रै सक्न भने पनि ९ जिल्ला कार्यसमितिले अटेरी गरेका छन्।

    यी जिल्लामा क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम गर्न अब म्याद थप गर्नुपर्ने भएको छ।

    क्रियाशीलको विवरण केन्द्रमा पठाउन ढिला हुँदा महाधिवेशन कार्यतालिका नै प्रभावित बनेको छ। कांग्रेसले भदौ ७ देखि १० सम्म महाधिवेशन गर्ने यसअघि नै घोषणा गरेको थियो।

    श्राेत सेताेपाटी

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij