मिर्मिरे लघुवित्त वित्तिय संस्था द्वारा मृतक सदस्यका परिवारलाइ राहत बितरण
बर्दिया टुडे
फाल्गुण १९, २०७७ बुधवार
१६:१५:२८ मा प्रकाशित
2.7K
SHARES
2.7K
SHARES
बर्दियाको राजापुर नगरपालिका बदालपुरमा रहेको मिर्मिरे लघुवित्त वित्तिय संस्था लि. ले मृतक परिवारलाई राहत वितरण गरेको छ ।
शाखा कार्यालय बदालपुर अन्तरगत बिहानी मिर्मिरे महिला समुह राजापुर ८ ओस्ताजपुरकी सदस्य शिला नेपालीको करिब १ महिना अघि असामयिक निधनभएको थियो ।
एक कार्यक्रमका विच संस्थाले मृतक नेपाली का पति सन्तोष दर्जी लाई रु ९९ हजार २ सय रुपैँया को चेक हस्तान्तरण गरेको हो ।
नेपालीले संस्था बाट २०७७ मंसिर महिनामा रु ९० हजार ऋण लिएकी थिइन । ऋणको बिमा रकम रु ४ सय ४० संस्था मार्फत मेट लाईफ इन्सोरेन्स कम्पनीलाई बुझाएकी थिईन ।
सोहि ऋणको बिमा गरे बापत उनका पतिले यो राहत रकम पाएका हुन । नेपालीले ऋणको एक किस्ता रकम ६ हजार ६ सय ६६ रुपैँया ६६ पैसा मात्र संस्थालाई बुझाएकी थिईन् ।
मिर्मिरे लघुवित्त वित्तिय संस्थालि. शाखा कार्यालय बदालपुर शाखाका प्रबन्धक विष्णु बोहराको सभापतित्व गरिएको कार्यक्रमको प्रमुख अतिथि रा.न.पा. ८ की वडा सदस्य फिरीया चौधरी रहेकी थिईन ।
कार्यक्रममा मिर्मिरे लघुवित्त वित्तिय संस्था लि. पिपरी एरिया बाकेका प्रमुख प्रकाश बहादुर बोगटी, गाउँका समाजसेवी, बुद्धिजीवीको उपस्थिति रहेको थियो ।