बर्दियामा बाघको फेरी आक्रमण : ६० वर्षिय वृद्ध वेपत्ता
बर्दिया टुडे
फाल्गुण १७, २०७७ सोमवार
१८:३०:०३ मा प्रकाशित
2.7K
SHARES
2.7K
SHARES
पाटेबाघले सोमवार दिउसो बर्दियामा एक जना बेपत्ता पारेको छ ।
राजापुर नगरपालीका १० कालाबञ्जारका अन्दाजी ६० वर्षिय लालबहादुर थारुलाई दिउसो करिव १:३० वजे बाघले बेपत्ता पारेको हो ।
विहान खाना खाएर पशु चराउन गेरुवा ६ वाजपुर स्थित नौलोवास सामुदायिक वन नजिकैको मैदानवाट उनलाइ बाघले बेपत्ता पारेको असारे गौडी उपभोक्ता समितीका अध्यक्ष तारा जंग मल्लले बताए ।
हात्तीको सहायता बाट अहिले उनको खोजि भैरहेका बर्दिया राष्ट्रिय निकुञ्ज जनाएको छ ।
गएको पुस १७ गते कर्णाली चिसापानी सडक खण्डमा मोटरसाइकलमा यात्रा गरेकी एक महिलालाई बाघले झम्टेर ज्यान लिएको थियो ।
बर्दियाको खाता करिडोर र गेरुवा गाउँपालिका क्षेत्रमा मात्रै एक वर्षयता बाघको आक्रमणबाट ६ जनाको ज्यान गैसकेको छ । राष्ट्रिय निकुञ्जमा बाघको संख्या ८७ पुगेको छ ।
पछिल्लो समय भौरा क्षेत्रमा पाटेबाघको आक्रमण बढ्दा स्थानीयवासी त्रसीत भएका छन् ।