Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

गेरुवाका विद्यालय कर्मचारीद्वारा सेवा–सुविधा र पेशागत सुरक्षाको माग

  • 520
    SHARES
  •  

    नेपाल विद्यालय कर्मचारी परिषद् गेरुवा गाउँपालिका कार्यसमिति, बर्दियाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा बजेट तर्जुमा प्रक्रियामा सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूको सेवा–सुविधा तथा पेशागत सुरक्षाको विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्न माग गरेको छ।


    ADVERTISEMENT

    images

    परिषद्ले असार ६ गते सम्पन्न जिल्ला भेलापछि दोस्रो चरणका कार्यक्रमअन्तर्गत गेरुवा गाउँपालिकाको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा विद्यालय कर्मचारीहरूले विद्यालयको दैनिक प्रशासन, वित्तीय व्यवस्थापन, अभिलेख संरक्षण तथा शैक्षिक गतिविधि सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आए पनि न्यून सेवा–सुविधामा काम गर्न बाध्य भएको उल्लेख गरिएको छ।

    परिषद्ले आगामी बजेटमार्फत विद्यालय कर्मचारीहरूको तलब, भत्ता, सामाजिक सुरक्षा, पेशागत सम्मान तथा सेवा सुरक्षाको सुनिश्चितता गर्न गाउँपालिकासँग आग्रह गरेको छ। साथै, कर्मचारीहरूको योगदानको कदर गर्दै राज्यका अन्य कर्मचारीसरह व्यवहार गरिनुपर्ने माग पनि गरिएको छ।

    नेपाल विद्यालय कर्मचारी परिषद् गेरुवा गाउँपालिका कार्यसमितिले विद्यालय कर्मचारीहरूको हकहित संरक्षण तथा सेवा–सुविधा वृद्धिका लागि आफ्नो अभियान निरन्तर रहने जनाएको छ। स्थानीय तहले कर्मचारीहरूको मागलाई सकारात्मक रूपमा सम्बोधन गर्ने अपेक्षा परिषद्ले व्यक्त गरेको छ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij