Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बाल विवाह न्युनिकरण गर्न ठाकुरबाबामा अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न

  • बर्दिया टुडे
  • 2.6K
    SHARES
  •  

    बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरबाबा नगरपालिकामा समाजका अगुवाहरु संगको अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न गरेको छ ।

    बाल संरक्षण परियोजना मार्फत बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ स्थीत शाहीपुरमा बुधबार अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न गरेको हो ।

    बाँके युनेस्को क्लब नेपालगंजको अयोजना र प्लान इन्टरनेशनल क्षेत्रिय कार्यलय सुर्खेतको आर्थिक सहयोगमा बालविवाह न्युनिकरण र बाल बालिका माथी हुने हिंसा अन्त्यका लागी अन्तरपुस्ता कार्यक्रम ठाकुरबाबामा सम्पन्न गरिएको फिल्ड सुपरभाइजर डम्मर बहादुर परियारले जानकारी दिए ।

    बालविवाह , कम उमेरमा हुने विवाह र जबरजस्ती विवाहको बारेमा जानकारी, बालबालिकामाथि हुने हानीहरू, संविधानमा महिला र बालबालिका सम्बन्धि कानुनी व्यवस्था, बालबालिका र अभिभावक बीच अन्तरपुस्ता संवाद, बालविवाह न्युनीकरणमा समुदाय, नागरिक समाज र स्थानीय सरकारको भुमिका लगायतका विषयमा सजहकर्ता रमेश कुमार चौधरीले सहजीकरण गरेका थिए ।

    कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका कार्यापालिका सदस्य तथा धार्मिक अगुवा सिताराम लोहारले बाल बिवाह न्यूनीकरण र बालबालिका माथी को हिंसा कम गर्न संवादका कार्यक्रमलाई जोड दिनु पर्ने बताए ।

    समृद्धिको सुचक भौतिक परिवर्तन मात्र भएर नपुग्ने उल्लेख गर्दै मानिसको मानसिक रुपमा सकारात्मक राखी बिचार परिवर्तन हुनुपर्ने ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गङगा राम जैसीले बताए ।

    उक्त कार्यक्रमको संचालन बाँके युनेस्को क्लबका फिल्ड सुपर भाइजर डम्मर बहादुर परियारले गरेका थिए ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij