Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियामा विपद् पूर्वतयारी मजबुत बनाउन ‘प्रयास–२’ सुरु, १ लाख नागरिक प्रत्यक्ष लाभान्वित हुने अपेक्षा

  • बर्दिया टुडे
  • 535
    SHARES
  •  

    बर्दियाको ठाकुरबाबा नगरपालिकामा विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीलाई सुदृढ पार्ने उद्देश्यले 'उत्थानशिलता अभिवृद्धिका लागि पूर्वतयारी सबलीकरण परियोजना‘ (प्रयास) को दोस्रो चरण कार्यान्वयनमा आएको छ। ठाकुरबाबा नगरपालिकाको सैनवारमा आयोजित शुभारम्भ तथा समन्वय बैठकमार्फत परियोजना सुरु गरिएको हो।


    ADVERTISEMENT

    images

    ‎नगरपालिकाको समवय तथा प्लान इन्टरनेशन नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) को साझेदारीमा सञ्चालन हुने यस परियोजनाले विपद् आउनुअघि नै तयारी सुदृढ गर्दै समुदायको उत्थानशीलता बढाउने लक्ष्य लिएको छ।

    ‎परियोजना संयोजक खेमराज भण्डारीका  अनुसार परियोजनाअन्तर्गत सुरक्षित आश्रयस्थल तथा सामुदायिक भवनहरूको स्तरोन्नति, सार्वजनिक खानेपानी तथा सरसफाइ संरचनाको मर्मत, विद्यालय, स्वास्थ्य संस्था र बजार क्षेत्रका पूर्वाधार सुधार गरिनेछ। ‘कामको बदलामा नगद’ कार्यक्रममार्फत सिँचाइ कुलो, कच्ची सडक तथा अन्य सार्वजनिक संरचना पुनःस्थापना गरिँदै स्थानीयलाई अल्पकालीन रोजगारीसमेत प्रदान गरिनेछ ।

    ‎त्यसैगरी विपद् अवस्थाका लागि आवश्यक खोज तथा उद्धार सामग्री, सरसफाइ तथा सम्मान किट, जाडोसम्बन्धी सामग्री अग्रिम रूपमा व्यवस्थापन गरिनेछ। वडा तथा समुदायस्तरका विपद् व्यवस्थापन समितिहरूलाई सुदृढ बनाउँदै कार्ययोजना निर्माण, सुरक्षित आश्रयसम्बन्धी मापदण्ड तय तथा पूर्वसूचना प्रणालीसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

    ‘प्रयास–२’ (1).jpg

    ‎यसका लागि जल तथा मौषम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सँग सहकार्य गरिनेछ। परियोजना संयोजक भण्डारीका अनुसार समुदायस्तरमा पूर्व अभ्यास (ड्रिल), ७ दिने विपद् स्वयंसेवक तालिम, पूर्वानुमानमा आधारित कार्यसम्बन्धी तालिम तथा मनोसामाजिक प्राथमिक सहयोग तालिम सञ्चालन गरिनेछ। रेडियो, मोबाइल सन्देश र घरदैलो अभियानमार्फत उच्च जोखिममा रहेका समुदायसम्म जीवनरक्षक सूचना पुर्‍याइनेछ भने विद्यालय, बाल क्लब तथा अभिभावक–शिक्षक संघमार्फत जनचेतना कार्यक्रमलाई अझ प्रभावकारी बनाइनेछ ।

    ‎कर्णाली, बबई र गेरुवा नदी आसपासका क्षेत्रमा बाढी, डुबान, अत्यधिक गर्मी र जाडो लहरजस्ता जोखिम उच्च रहँदै आएको सन्दर्भमा करिब २० हजार घरधुरी (१ लाख जनसंख्या) यस परियोजनाबाट प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।

    ‎परियोजना २०२६ अगस्त संचालन हुनेछ । सो अवधिभर    परियोजना अन्तरगतका क्रियाकलाप सञ्चालन गर्न २७ लाख ५५ हजार १०० रुपैया खर्च हुने अनुमान गरिएको छ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij