Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बालविवाह न्युनिकरणका निम्ती विद्यार्थी र अभिभावक संग छलफल

  • बर्दिया टुडे
  • 2.0K
    SHARES
  •  

    बाल विवाह न्युनिकरणका निम्ती बर्दियाको विभिन्न पालिकामा काम गरिरहको बाँके युनेस्को क्लबले विभिन्न समुहलाई लक्षित गरि संवाद गर्दै आएको छ ।

    बाल संरक्षण परियोजना मार्फत बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नम्बर ४ मा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरु, बाल क्लबका प्रतिनिधीहरु संग बालविवाह न्युनिकरणका निम्ती अन्तरपुस्ता संवाद कार्यक्रम गरेको बाँके युनेस्को क्लब बर्दियाका फिल्ड सुपरभाइजर डम्मर बहादुर परियारले जानकारी दिए ।

    बालविवाह न्युनिकरण र बालबालिका माथी हुने हिंसा अन्त्यका लागी गाँउ समाजमा विभिन्न सचेतना मुलक कार्यक्रमहरु, सडक नाटक सहित बालविवाहले भविष्यमा निम्तिन सक्ने शरिरिक तथा मानसिक समास्याका बारेमा जनचेतना फैलाउनु पर्नेमा अभिभावकहरुले जोड दिएका थिए ।

    कार्यक्रममा उपस्थित विद्यार्थीहरुले वालविवाह केवल एक ब्यक्तिले मात्र नभई यसलाई समाज बाट जरै देखि हटाउन सामुहिक पहलको खाँचो रहेको विद्यार्थीले बताएका छन ।

    बाँके युनेस्को क्लब नेपालगंजले आयेजनाका गरेको उक्त अन्तरपुस्ता संवाद कार्यक्रममा बालविवाहलाई निराकरण गर्ने तरिकाहरु, बालविवाह सम्बन्धि थप सुचना प्राप्त गर्ने माधयम, बालविवाह , कम उमेरमा हुने विवाह र जबरजस्ती विवाहको बारेमा जानकारी, बालबालिकामाथि हुने हानीहरू, लगायतका बारेमा सहजकर्ता रमेश कुमार चौधरीले सहजिकरण गरेकाे बाँके युनेस्को क्लब बर्दियाका फिल्ड सुपरभाइजर डम्मर बहादुर परियारले जानकारी दिए ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij