Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

तल्लो कर्णालीमा जलवायु अनुकूल जल व्यवस्थापनका लागि ६ दिने प्रशिक्षक तालिम सम्पन्न

  • 814
    SHARES
  •  

    बर्दियामा तल्लो कर्णाली जलाधार क्षेत्रमा जलवायु परिवर्तनको असर न्यूनिकरण गर्दै दिगो जल व्यवस्थापन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको क्लासिक परियाेजना अन्तर्गत ६ दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ ।


    ADVERTISEMENT

    images

    ‎ठाकुरबाबा नगरपालिका स्थित एक होटलमा आयोजना गरिएको उक्त तालिम आईएचई डेल्फको आर्थिक सहयोगमा सेन, क्रिड्याक, त्रिभुवन विश्वविद्यालय तथा थारु महिला उत्थान केन्द्रको साझेदारीमा सञ्चालन गरिएको हो ।

    kljt{gsf] pHofnf] syfM ;r]t a'af ag]kl5 k]z yfsf] hLjgdf cfof] gof“ cfofd (6).jpg

    ‎तालिमको मुख्य उद्देश्य जलवायु अनुकूल जल तथा जलाधार व्यवस्थापनसम्बन्धी ज्ञान र सीप विकास गर्नुका साथै स्थानीय समुदायलाई यसको संरक्षणमा सक्रिय सहभागी बनाउनु रहेको आयोजकले जनाएको छ । विशेषगरी आदिवासी जनजाति समुदायलाई जल स्रोतको संरक्षण, दिगो उपयोग र जलाधार व्यवस्थापनमा सशक्त बनाउनेतर्फ तालिम केन्द्रित गरिएको थियो ।

    ‎कार्यक्रममा पानीको संरक्षण, जलवायु परिवर्तनका चुनौती, अनुकूलनका उपाय तथा समुदायस्तरमा सञ्चालन गर्न सकिने अभियानबारे विस्तृत छलफल गरिएको थियो । सहभागीहरूलाई स्थानीय स्तरमै जलाधार संरक्षणका कार्यक्रम सञ्चालन गर्न सक्षम बनाउने गरी व्यवहारिक प्रशिक्षण दिइएको जनाइएको छ ।

    kljt{gsf] pHofnf] syfM ;r]t a'af ag]kl5 k]z yfsf] hLjgdf cfof] gof“ cfofd (7).jpg

    ‎तालिममा तल्लो कर्णाली जलाधार क्षेत्र अन्तर्गत मधुवन नगरपालिका वडा नम्बर १, २, ३ र ४ तथा गेरुवा गाउँपालिका वडा नम्बर ३, ४ ५ र ६ का बडघर, परियोजना सहजकर्ता तथा सोही वडामा गठित जलाधार संरक्षण समूहका प्रतिनिधि गरी जम्मा ३७ जनाको सहभागिता रहेको थियो ।

    ‎आयोजकका अनुसार तालिमपछि सहभागीहरूले आफ्नो समुदायमा जल संरक्षण तथा जलाधार व्यवस्थापनसम्बन्धी अभियान सञ्चालन गर्दै स्थानीय तहमा दिगो अभ्यासको सुरुवात गर्ने अपेक्षा गरिएको छ। साथै, यसले समुदायको क्षमता अभिवृद्धि गर्दै जल स्रोतको संरक्षणमा दीर्घकालीन योगदान पुग्ने विश्वास लिइएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij