राजापुर प्रिमियर लिग क्रिकेट प्रतियोगिता दोश्रो संस्करणका लागि खेलाडीको अक्सन सम्पन्न
सहभागी ५ टिमले ६० खेलाडी खरिद गरे
बर्दिया टुडे
फाल्गुण ८, २०७७ शनिवार
२१:५३:५८ मा प्रकाशित
4.3K
SHARES
4.3K
SHARES
राजापुर प्रिमियर लिग क्रिकेट प्रतियोगिता दोश्रो संसकरणका लागि खेलाडीको अक्सन सम्पन्न भएको छ । कुल ७२ खेलाडी अक्सनमा सहभागी भएकोमा सहभागी ५ टिमले ६० खेलाडी खरिद गरेका छन् ।
शनिबार राजापुरमा सम्पन्न अक्सनमार्फत शान्तिपुर वारियर्स, धोविनपुर राइडर्स, द सेभेन स्टार, वजार ११ र राजापुर राहिनोजले ११/११ खेलाडी अनुबन्ध गरेका छन् ।
बर्दिया जिल्लाका पुराना तथा नयाँ स्थानीय खेलाडीलाई अक्सनमा समावेश गरिएको थियो । सहभागी टोलीहरूले अक्सनमार्फत् प्रति टिम १२ खेलाडी खरिद गर्न पाउने र त्यसका लागि ३० हजारसम्म खर्च गर्न पाउने नियम तोकिएको थियो ।
ADVERTISEMENT
अक्सनमा गत वर्षको लिग विजेता शान्तिपुर वारियर्स (नाम संसोधन) ले अजय सहानी, विवेक अधिकारी, पुष्पराज ढुंगाना, दिनेश चौधरी, मनोज के.सी., प्रशान्त उपाध्याय, भागरथ चौलागाँई, आशिष राना, महेश चौधरी, सौगात पोख्रेल, आकाश खत्री, अमन जोशी र दिपेश श्रीवास्तव लाई आफ्नो टिममा अनुबन्ध गरेको छ ।
त्यस्तै धोविनपुर राइडर्सले सोवित ध्वज चन्द, विशाल चौधरी, मोहम्मद रिहान सेख, मुकेश थारु, आयुस अधिकारी, ध्रुव चौधरी, सागर सेन, भविष्य धामी, नरेश ओली, विशाल विक्रम के. सी., रितिक विष्ट, कृष्ण प्रसाद चौलागाँई र मेहुम्मद अली मनिहारलाई अक्सन मार्फत टिममा अनुबन्ध गरेको छ ।
अक्सन मार्फत द सेभेन स्टारले रमेश ढुंगाना, सिद्धार्थ श्रेष्ठ, शिवम वैष्य, सोहित नेपाली, श्रवण कुमार चौधरी, सरोज बस्नेत, वासु गुप्ता, त्रिविक्रम भण्डारी, जितेन्द्र विक्रम शाह, पदमराज जैसी, वशिष्ट भट्ट, धिरेन्द्र वर्मा,र आकाश सोनीलाई अनुवन्ध गरेको छ ।
त्यस्तै वजार ११ ले सुमित ध्वज चन्द, युनुस खान, शभम आचार्य, विवेक गुप्ता, प्रकाश चौधरी, सुजल के.सी., मोहम्मद फिजान अकारी, सोहन श्रेष्ठ, भक्त बहादुर थारु, नविन वुढाथोकी, रामवावु गुप्ता र वाकर अहम्मदलाई अनुवन्ध गरेको छ ।
त्यसैगरी राजापुर राहिनोजले आफ्नो टिमको लागि सुवाश तिमिल्सिना, नरेश कुमार शाही, विनोद वि. क., आकाश गुप्ता, कुशल शाही, विक्की शाही, सोम शर्मा, सलमान सेख, रेगन रेग्मी,सविन पुन मगर, प्रेम ढकाल, अमित कुमार चौधरी र चन्द्र प्रसाद जैसीलाई अनुबन्ध गरेको छ ।
अक्सनमा शान्तिपुर वारियर्सले आकाश खत्रीको लागी सबैभन्दा बढी मूल्य तिरेको छ भने धोविनपुर राइडर्स, द सेभेन स्टार, वजार ११ र राजापुर राहिनोजले क्रमशः कृष्ण प्रसाद चौलागाँइ, धिरेन्द्र वर्मा, सुजल के.सी.र सोम शर्माको लागी सवैभन्दा बढी रकम खर्चेको छ ।
अक्सनमा सबैभन्दा महङ्गा खेलाडी सोम शर्मा भए । जसलाई रु १३ हजारमा राजापुर राहिनोजले टिममा अनुबन्ध गरेको छ ।
जिल्लाका स्थानीय खेलाडीहरू अक्सनबाट छिनोफानो भएको छ भने जिल्ला बाहिरका खेलाडीको हकमा सम्बन्धित टिमले नै अनुबन्ध गरेका छन् । यस प्रतियोगितामा टिमहरूले १ जना जिल्ला बाहिरका खेलाडी अनुबन्ध गरेका छन् ।