Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

राजापुरमा भएको सवारी दुर्घटनामा एक जना गम्भीर घाइते

  • बर्दिया टुडे
  • 2.9K
    SHARES
  •  

    बर्दियाको राजापुर नगरपालिकामा भएको सवारी दुर्घटनाका एक जना गम्भीर घाइते भएका छन् ।

    राजापुर नगरपालिका वडा नं. ४ शान्तिपुरका स्थानीय तथा श्री ज्ञाननोदय प्रावि राजापुर ५ वसन्तामा कार्यरत शिक्षक वर्ष ५२ का गोविन्द खनाल दुर्घटनामा परी गम्भीर घाइते भएका हुन् ।

    बिहीवार दिउसो करिव २ः४५ वजे विद्यालयबाट घर फर्कने क्रममा नेपालगंजदेखि राजापुर आउदैँ गरेको रा ४ प २३५६ नम्बरको मोटरसाइकलले घाइते सवार साइकललाई ठक्कर दिएको थियो ।

    टाउकोमा गम्भीर चोटलागेका घाइते खनालको नेपालगंजको मेडिकल कलेजमा उपचार भईरहेको छ ।

    मोटरसाइकल चालक बाँकेको वैजनाथ गाउँपालिका १ वस्ने वर्ष २८ का सैलेन्द्र कार्की सहित मोटरसाइकल र साइकललाई इलाका प्रहरी कार्यालय राजापुरको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख प्रहरी नायव उपरिक्षक मीन बहादुर घलेले जानकारी दिए ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij